FLASH NEWS
  • Loading...

पर्वतको दुलुङ पहिरोमा ३ जनाको मृत्यु, ६ जना बेपत्ता

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २०५ पटक पढिएको
पर्वतको दुलुङ पहिरोमा ३ जनाको मृत्यु, ६ जना बेपत्ता

पर्वतको  कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिबार रातिको गएको पहिरोमा पुरिएका ३ जनाको मृत्यु भएको छ । घट्नामा परी ६ जना बेपत्ता भएका छन्  । शनिवार साँझदेखि भएको भीषण वर्षाका कारण दुर्लुङको काफलचौर स्थित सरुनचौर भन्ने ठाउँमा माथिबाट आएको घरले ३ घर पुरेको हो  ।
शनिबार साँझ ६ बजे देखि झण्डै दुई घण्टा भएको भीषण वर्षाका कारण दुर्लुङको काउले ढकालबारी भन्ने ठाउँमा पहिरोले २ घर पुरेको थियो । पहिरोमा परी स्थानीय तुलबहादुर थापा, उहाँकी श्रीमती नीलकुमारी थापा र नातिनी ९छोरातर्फ० अन्दाजी १० वर्षीया विविशा थापाको मृत्यु भएको हो। पहिरोमा परी तुलबहादुरका छोरा र छोरीतर्फका २ नाति बेपत्ता रहेका छन्। कमला बिकको परिवारको कमला सहित ३ जना पनि बेपत्ता छन । बेपत्ता हुनेहरुमा सम्राट थापा, दिपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक रहेका छन् ।