- Loading...
‘सुगौली सन्धि नमान्ने हो भने भारतले टिस्टा र कांगडा पनि नेपाललाई दिनुपर्छ’
- पुनहिल डट कम
- ४ साल अघि
- १९६ पटक पढिएको

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले भारतले सुगौली सन्धि नमान्ने हो भने पूर्वमा टिस्टादेखि पश्चिममा कांगडासम्मको भूभाग नेपाललाई फिर्ता दिनुपर्ने बताएका छन् । भारतले सुगौलि सन्धि मान्ने हो भने लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका भूभाग विनाशर्त नेपाललाई दिनुपर्ने उनले बताए ।
सुगौली सन्धिअघि नेपाल पूर्वमा टिस्टा नदी र पश्चिममा कांगडा किल्लासम्म फैलिएको थियो । अहिले टिस्टा नदी भारतको पश्चिम बंगालमा छ र कांगडा किल्ला पश्चिम हिमांचल प्रदेशमा पर्छ । कांगडा किल्ला त यतिसम्म पर छ कि त्यहाँ पुग्नको लागि नेपालबाट पश्चिम उत्तराखण्ड राज्य पार गरेर हिमांचल प्रदेश पनि आधा पार गरेर जानुपर्छ । नेपाल–अंग्रेज युद्धमा नेपालले अंग्रेजसँग हारेपछि भएको सुगौली सन्धिमा नेपालले यो भूभाग गुमाएको थियो । सुगौली सन्धि भारतसँग भएको नभइ अंग्रेजको इष्ट इण्डिया कम्पनीसँग भएको थियो ।
लिङ्देनले संविधानमा असन्तुष्टि हुँदा हुँदै पनि राष्ट्रियताको विषयमा सम्झौता नहुने बताए । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताको विषयमा नै आफ्नो पार्टीको गम्भीर असहमति भए पनि अहिलेको विषय राष्ट्रियता, अखण्डता र सार्वभौमताको सवाल भएकोले राप्रपाको शर्त नभएको उनले बताए । उनले नक्सामा भूमि अटाएको भए पनि वास्तविक रुपमा नै भूमि ल्याउनुपर्ने बताए । भूमि फिर्ता ल्याउनको लागि भारतसँग भाइको आधारमा नभइ मित्रका आधारमा वार्ता गर्नुपर्ने बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
