- Loading...
सरिता गिरीको संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत, गिरी संसदबाट बाहिरिइन्
- पुनहिल डट कम
- ४ साल अघि
- १३५ पटक पढिएको

नयाँ नक्शाअनुसार सरकारको निशान छाप संशोधन गर्नको लागि सरकारले संसदमा दर्ता गरेको विधेयकमा सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएका छन्।
जनता समाजवादी पार्टीकी सांसद गिरीले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालमा नपर्ने भन्दै सरकारले दर्ता गरेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्।
सरकारले दर्ता गरेको विधेयक आज प्रतिनिधि सभाबाट पारित हुँदैछ। त्यसका लागि बैठक शुरू भएपछि सभामुख अग्नि सापकोटाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई बोल्नको लागि अनुमति दिएका थिए।
सोही बेला सांसद गिरीले पनि आफूले बोल्न पाउनुपर्ने माग गरेकी थिइन्। गिरी आफ्नो सिटबाट उठेर बोल्न खोज्दा अरू सांसदहरूले होहल्ला गरेपछि सभामुखले रूलिङ गर्दै उनको संशोधन प्रस्ताव अस्वीकृत गरेको बताएका छन्।
सभामुखले संशोधन प्रस्ताव अस्वीकृत भएको जानकारी दिएपछि सांसद सरिता गिरी प्रतिनिधि सभाको बैठकबाट बाहिरिएकी छिन्।
जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। सरिता गिरीले भने पार्टीको ह्वीप नमान्ने बताएकी छिन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
