- Loading...
भित्रियो मनसुन
- पुनहिल डट कम
- ४ साल अघि
- २३० पटक पढिएको

सामान्यतया १० जुनमा भित्रिने मनसुन यो वर्ष दुई दिन ढिलो गरी शुक्रबार मुलुकको पूर्वी भागमा प्रवेश गरेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनमै पूर्वी भागबाट पश्चिमतिर फैलिने र मनसुनी गतिविधि देखिने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।
कस्तो होला मनसुन ?
नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा यो वर्षको मनसुनमा सरदर वर्षा (नर्मल) हुने विज्ञहरुले आँकलन गरेका छन् । दक्षिण एसियाली मुलुकहरुको आगामी मनसुन प्रक्षेपण गर्न एक महिना अघि एको भर्चुअल छलफलमार्फत् विज्ञहरुले विश्वभर प्रयोगमा ल्याइएका मौसम विज्ञानसम्वन्धि मोडलहरुको विश्लेषण गर्दै त्यस्तो निष्कर्ष निकालेका हुन् ।
नेपालमा सरदर वर्षा आँकलन गरिए पनि पूर्वी नेपाल र पश्चिम नेपालको उत्तरी भेगमा सरदर भन्दा बढी वर्षा हुने अनुमान गरिएको बताइन् । तराई क्षेत्रमा अलि कम वर्षा हुने आँकलन गरिएको छ । नेपालको आगामी मनसुनबारे विभागले आउँदो साता बुलेटिन निकाल्ने तयारी गरिरहेको छ । विभागले अहिले छलफलबाट प्राप्त तथ्यहरुलाई विश्लेषण गरिरहेको छ । सामान्यतया जेठ २७, २८ (जुन १०) देखि नेपालमा मनसुन सुरु हुन्छ । नेपालमा असोज पहिलो सातासम्म (सेप्टेम्बर २३) मनसुनी गतिविधि जारी हुन्छ ।
पृथ्वीमा ६ प्रकारका मनसुन सकृय छन । अफ्रिकी मनसुन, उत्तर अमेरिकी मनसुन, उत्तरपूर्व भारतिय मनसुन, दक्षिण एसियाली मनसुन र युरोपेली मनसुन । नेपालको मनसुन दुई खाले हावाबाट प्रभावित हुन्छ । दक्षिण–पश्चिम मनसुन र उत्तर–पूर्वी मनसुन ।
हिन्द महासागरबाट बंगालको खाडीहुँदै दक्षिणपूर्वी दिशाबाट बर्खा याममा आउने (गृष्मकालिन बर्षा) दक्षिण एसियाली मनसुन हो । हिँदमा अरवसागरबाट चिसो हावाले ल्याउने मनसुन (शितकालिन बर्षा) उत्तरपूर्वी भारतीय मनसुन हो । सूर्यलाई परिक्रममा गर्ने क्रममा पृथ्वी तथा पानी तात्ने र सेलाउने प्रकृयासँगै आकासमा बग्ने हावाको गति र बाटोको आधारमा मनसुन प्रभावित हुन्छ ।
हामी पृथ्वीले उत्तरी गोलार्धमा बस्छौं । पृथ्वी कक्षमा फरिक्रमा गर्ने त्रममा सूर्य उत्तरायण भै कर्कटरेखा पुग्दा पृथ्वीको जमिन बेस्सरी तात्ने गर्छ । तर जमिनको तुलनामा पानी ढिलो तात्ने हुँदा हिन्द महासागर, बंगालको खाडी र अरव सागर तातेका हुँदैनन । जमिन सूर्यको तापले तातेपछि हावा हलुका भै माथीमाथी उठ्छ । जमिनको हावा माथी उडेपछि रिक्त स्थानमा समुद्रको चिसो हावा जमिन तिर बग्न थाल्छ ।
पृथ्वी पश्चिमबाट पूर्वतिर फन्को मार्दै घुमिरहने हुनाले दक्षिणमा अवस्थित हिन्द महासागर र बंगालको खाडीबाट उठ्ने जलवाष्पयुक्त हावालाई उत्तरी क्षेत्रमा फैलिएको हिमालय पहाड श्रृखलाले छेक्ने हुँदा भारतको पश्चिमी तटबाट भित्र घुसेर नेपालको पूर्व मेचिहुँदै हिमालको फेदै फेद पश्चिम तर्फ बग्छ । समुद्रबाट आएको पानीबोकेको हावालाई हिमालमा ठोकिएर चिसिएपछि पानी भै बर्षा हुन्छ । त्यसैले नेपाल पस्ने मनसुनलाई दक्षिण–पूर्व मनसुन भन्ने गरिन्छ ।
मनसुनले मेघालय (भारतको) चेरापुन्जीमा अधिक बर्षा गराउँछ । नेपालमा भने गण्डकी प्रदेशको कास्की र म्याग्दी जिल्लाका सीमावर्ती अन्नपूर्ण गाउँपालिका (अन्नपूर्ण हिमालमा दुवैको दावी रहेकोले आ–आफ्ना नाम अन्नपूर्ण राखेका छन) मा हुन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
