के हो मनसुन (वर्षा ऋतु) ?, कसरी लाग्छ वर्खा ?

२९ जेष्ठ २०७७, बिहीबार ०८:२९ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

बर्खा लाग्यो । बर्खालाई हामीले वोलीचालीमा मनसुन सुरु हुनेक्रमलाई बुझ्दछौं । सामान्यतया ः जुन १० (जेठ २७–२८) मा नेपालमा पूर्वबाट मनसुन प्रवेश गरी सेप्टेम्बर तेस्रो साता सुदुरपश्चिमबाट बाहिरिने गर्छ । र अहिले फाट्टफुट्ट पानी परिरहेको भएपनि यस बर्षको मनसुन एक सातासम्म ढिलो नेपाल प्रवेश गर्ने अनुमान मौषम तथा जलवायु विज्ञान विभागले गरेको छ ।
तर पछिल्ला बर्षमा मनसुन सुरु हुने दिन एक साताबढी र अन्त्य हुने दिन १५ दिनसम्म पछि धकेलिएकोले जेठ अन्त्यीमबाट पानी पर्न सुरु भै असोज पहिलो सातामा अन्त्य हुनु पर्नेमा अहिले असार दोस्रो साताबाट पानी पर्न सुरु भै असोज तेस्रोसाता सम्म मनसुन सकृय हुने गरेको छ । मौषम तथा जलवायु विभागले मौषमी चक्रमा वदलाव आएकोले मौषमी पात्रो फेर्ने तयारीमा रहेको छ ।
मनसुन शब्द अरबी भाषाको ‘मौसिम’ बाट आएको हो । यसको अर्थ बतासको बेला भन्ने हुन्छ । वतास कुन समयमा कता बग्छको आधारमा पानी पर्ने सिजनलाई मापन गरिने भएकोले अरबी भाषाको मौसिमबाट नेपाली मौषम बनेको हो ।
पृथ्वीमा ६ प्रकारका मनसुन सकृय छन । अफ्रिकी मनसुन, उत्तर अमेरिकी मनसुन, उत्तरपूर्व भारतिय मनसुन, दक्षिण एसियाली मनसुन र युरोपेली मनसुन । नेपालको मनसुन दुई खाले हावाबाट प्रभावित हुन्छ । दक्षिण–पश्चिम मनसुन र उत्तर–पूर्वी मनसुन ।
हिन्द महासागरबाट बंगालको खाडीहुँदै दक्षिणपूर्वी दिशाबाट बर्खा याममा आउने (गृष्मकालिन बर्षा) दक्षिण एसियाली मनसुन हो । हिँदमा अरवसागरबाट चिसो हावाले ल्याउने मनसुन (शितकालिन बर्षा) उत्तरपूर्वी भारतीय मनसुन हो । सूर्यलाई परिक्रममा गर्ने क्रममा पृथ्वी तथा पानी तात्ने र सेलाउने प्रकृयासँगै आकासमा बग्ने हावाको गति र बाटोको आधारमा मनसुन प्रभावित हुन्छ ।
हामी पृथ्वीले उत्तरी गोलार्धमा बस्छौं । पृथ्वी कक्षमा फरिक्रमा गर्ने त्रममा सूर्य उत्तरायण भै कर्कटरेखा पुग्दा पृथ्वीको जमिन बेस्सरी तात्ने गर्छ । तर जमिनको तुलनामा पानी ढिलो तात्ने हुँदा हिन्द महासागर, बंगालको खाडी र अरव सागर तातेका हुँदैनन । जमिन सूर्यको तापले तातेपछि हावा हलुका भै माथीमाथी उठ्छ । जमिनको हावा माथी उडेपछि रिक्त स्थानमा समुद्रको चिसो हावा जमिन तिर बग्न थाल्छ ।
पृथ्वी पश्चिमबाट पूर्वतिर फन्को मार्दै घुमिरहने हुनाले दक्षिणमा अवस्थित हिन्द महासागर र बंगालको खाडीबाट उठ्ने जलवाष्पयुक्त हावालाई उत्तरी क्षेत्रमा फैलिएको हिमालय पहाड श्रृखलाले छेक्ने हुँदा भारतको पश्चिमी तटबाट भित्र घुसेर नेपालको पूर्व मेचिहुँदै हिमालको फेदै फेद पश्चिम तर्फ बग्छ ।  समुद्रबाट आएको पानीबोकेको हावालाई हिमालमा ठोकिएर चिसिएपछि पानी भै बर्षा हुन्छ । त्यसैले नेपाल पस्ने मनसुनलाई दक्षिण–पूर्व मनसुन भन्ने गरिन्छ ।
मनसुनले मेघालय (भारतको) चेरापुन्जीमा अधिक बर्षा गराउँछ । नेपालमा भने गण्डकी प्रदेशको कास्की र म्याग्दी जिल्लाका सीमावर्ती अन्नपूर्ण गाउँपालिका (अन्नपूर्ण हिमालमा दुवैको दावी रहेकोले  आ–आफ्ना नाम अन्नपूर्ण राखेका छन) मा हुन्छ ।
समुद्रबाट पानीबोकेर उडेको वतास ५ मिटर माथी आकासमा एकत्रित हुन्छ । हाम्रा हिमाल ८ हजार मिटर अग्ला हिमालय पर्वत नाघेर हिमालपारी पुग्न सक्दैनन । त्यसैले हिमालपारी मनसुन नहुने र मध्य एसियाबाट ठन्डा वतास नेपालमा आउन यीनै हिमालले रोक्ने गर्छ । जलवाष्पयुक्त वायु पश्चिम पुग्दा कमजोर हुने भएकोले पूर्वी नेपालमा भन्दा पश्चिम नेपालका पानी कम परेको हो । कुन ठाउँका कति पानी पर्छ भन्ने कुरा त्यहाँ अवस्थित अग्ला हिमालले निर्धारण गर्छ ।
नेपालमा बर्षभरी जति पानी पर्छ त्यसको ८० प्रतिशत असार, साउन, भदौ र असोजमा पर्छ । त्यसैले भिरालो र पहाडी क्षेत्र बढी भएको नेपालमा मनसुनमा मात्र बढी बाढीपहिरो जाने गर्छ ।
नेपालमा सामान्यतया जुन १० (जेठ २७–२८) मा मनसुन सुरु हुन्छ । पृथ्वीले सूर्यलाई घुम्ने प्रकृयामा सूर्य उत्तरायणहुँदा कर्कटरेखामा पुगेर असार   (जुन २१)पछि दक्षिरायण हुन्छ । सेप्टेम्बर २३ (असोज  )बाट पृथ्वी भुमध्य रेखातिर पुग्छ । त्यसैले सूर्य कर्कट रेखामा हुँदा जमिन तात्ने र समुद्र चिसो हुने भएकोले समुद्रबाट हावा जमिन प्रवेश गर्ने र सुर्य भुमध्य रेखा पुग्दा जमिन चिसो बन्ने र समुद्रको पानी तातो हुनेहुँदा जमिनबाट हावा समुद्र तर्फ नै बग्ने गर्छ । त्यसैले मनसुनमा बंगालको खाडी र हिन्द महासागरबाट पानी पार्ने वायु आउँछ । हिउँदमा नेपालको जमिनबाट हावा दक्षिण सर्ने भएकोले रिक्त भएको स्थानमा पश्चिममा पर्ने अरव सागरको हावा आउने भएकोले चिसो र हिउँ पार्ने पानी पर्ने गरेको हो ।