- Loading...
लकडाउनको ढाँचा परिवर्तन : के-के खुल्छ, के-के खुल्दैन ?
- पुनहिल डट कम
- ४ साल अघि
- १३६ पटक पढिएको

|lock down oppen
सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ ।
मन्त्रिपरिषद्को बुधबार राति सम्पन्न बैठकले लकडाउनको ढाँचा परिवर्तन गर्दै पसल व्यापार, व्यवसाय र आवागमनमा केही खुुकुलो बनाउने निर्णय गरेको हो । यसबारे बिहीबार आधिकारिक सूचना जारी हुने एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद् निर्णयअनुसार काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा स्थानीय प्रशासनको मूल्यांकनअनुसार पसल व्यवसाय सञ्चालन गर्न सकिने भएको छ । औपचारिक निर्णय आएपछि यो लागू हुनेछ । गृह मन्त्रालयले तयार गरेको सुरक्षा र स्वास्थ्य मन्त्रालयले तयार गरेको स्वास्थ्य मापदण्ड सबैले पालना गर्नुपर्ने छ । ट्याक्सी, लामो रुटका गाडी, हवाईजहाजको सम्बन्धमा भने कुनै निर्णय भएको छैन । ‘अहिलेको निर्णयमा यी क्षेत्र परेका छैनन्, स्थिति मूल्यांकन गरेर ती पनि क्रमश: खुल्छन्,’ ती मन्त्रीले भने ।
कुन व्यवसाय कसरी खोल्ने, चलाउने र त्यसको मापदण्ड के हुने भन्ने जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि एवं अर्थमन्त्री युवराज खतिवडाले बिहीबार आधिकारिक रूपमा सार्वजनिक गर्दैछन् । मन्त्रिपरिषद् बैठकमा सबै मन्त्रीहरूबाट आएको सुझावलाई एकत्रित गर्नुपर्ने भएकाले आधिकारिक निर्णय बिहीबार सार्वजनिक गर्न लागिएको हो ।
कतिपय जिल्लामा जोखिमको मात्रा धेरै भएकाले त्यहाँको अवस्था मूल्यांकन गरेर सम्बन्धित जिल्लाबाटै अतिरिक्त आदेश जारी गरिने भएको छ । कम जोखिम र संक्रमितको संख्या थोरै भएका ठाउँमा भने अब आन्तरिक गतिविधि थप खुकुलो हुनेछ ।
मन्त्रिपरिषद् बैठकले क्वारेन्टाइनहरू भद्रगोल भएका विषयमा पनि समीक्षा गरेको छ । मापदण्डअनुसार क्वारेन्टाइन थप व्यवस्थित गर्ने निर्णय भएको छ । कोभिड–१९ परीक्षणको दायरा बढाउन थप पीसीआर मेसिन खरिद गरी प्रयोगशालाको व्यवस्था गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । source -ekantipur.com

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
