FLASH NEWS
  • Loading...

म्याग्दी–काली दोभानमा बन्दै, ‘मिनी रंगशाला’

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १२८ पटक पढिएको
म्याग्दी–काली दोभानमा बन्दै, ‘मिनी रंगशाला’

लकडाउनको समयमा पनि म्याग्दी र कालीगण्डकी नदी दोभानको बगरमा अवस्थित बेनी खुल्ला मञ्चको स्वरुप फेर्दै धमाधम बेनी रंगशाला बनाउने काम भैरहेको छ । नदी कटानले त्रिकोणात्मक ३८/८० मिटर साईजमा खुम्चिएको बेनी खुल्ला मञ्च जिल्लाकै सवैभन्दा ठूलो खेल मैदान मात्र होईन, राजैतिक सभा/समारोह, साँस्कृतिक कार्यक्रम, ब्यापारिक मेला/महोत्सवहरु आयोजना गरिने एक मात्र पनि स्थल हो ।

नदी बगरमा अब्यवस्थित मैदानलाई विस्तार गरी ४५/९६ मिटर क्षेत्रफलको खेलमैदान बाहेक मञ्ज तथा कालीगण्डकी र म्याग्दी नदीसँग उठाईएको तटवन्धमाथी ७ हजारबढी दर्शक अट्ने ९०–९० मिटर लामा प्याराफिट सहितको आधारभुत पूर्वाधारयुक्त रंगशाला बनाउन थालिएको छ । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ्गकै शब्दमा ‘मिनी रंगशाला’ बनाउन थलिएको हो ।
‘म्याग्दीको खेलप्रति लगाव छ । प्रदेश सरकार बेनीमा ‘मिनी रंगशाला’ बनाउन प्रतिवद्ध छ । सोही अनुसार बजेट विनियोजन गरिने छ’ केही समय अघि बेनी आएका मुख्यमन्त्री गुरुङ्गले भने, ‘बेनीमा स्तरिय वसपार्क र मिनी रंगशाला निर्माण गर्ने मेरो वचन छ ।’
भौगोलिक आकार नमिलेकोले बेनीको फुटवल मैदान छड्के मात्र होईन पूर्ण साईजको नहुँदा यहाँका ठूला र महंगा खेल प्रतियोगिताहरु ९ए साईड नियममा खेलाउने गरिन्थ्यो । अर्थात फुटवल प्रतियोगितामा ११–११ जनाको टिम हुनु पर्नेमा खेलमैदानको साईज नपुग्दा ९–९ जनाको टिम बनाउने गरिन्थ्यो ।
‘जिल्लामै अर्न्तराष्ट्रिय स्तरको मापदण्डको फुटवल खेल मैदानको अपेक्षा छैन तर हरियो दुवो भएको ११ ए साईड आकारको खैलमैदानमा फुटवल खेल्ने धोको छ । खेलाडी र खेलप्रेमीको प्रतिवद्धता पनि छ । आगामी तीन बर्षभित्र मिनी रंगशाला बनाउँछौं’ जिल्ला खेलकुल विकास समितका निर्वतमान अध्यक्ष तथा रंगशाला निर्माण समितिका अध्यक्ष कृष्णकुमार विकले भने, ‘फुटवल/भलिवल खेल्दा बल र छोप्न जाँदा खेलाडीलाई नदीले बगाउने अवस्था अन्त्य हुने छ । दर्शक प्याराफिटमा बसेर आनन्दले खेल हेर्ने छन ।’

९ करोडबढी लागत इष्टिमेट गरिएको बेनी रंगशाला निर्माण गर्न चालु वर्ष संघिय सरकारबाट १ करोड, गण्डकी प्रदेश सरकारबाट ४० लाख, बेनी नगरपालिका, ७ वडाबाट ९ लाख र संघिय साँसद विकास कोषबाट ५० लाखगरी २ करोड लागतमा रंगशालाको पश्चिम म्याग्दी नदीपट्टी ठेक्का र उपभोक्ता समिति मार्फत गरी दुई मोडेलमा एक सय मिटरलामो प्याराफिट निर्माण थालिएको छ । रेलिङ, रङ रोगन, वत्ति र दर्शक सुरक्षाकालागी पछाडी जाली सहितको ६ हजारबढी दर्शक अट्ने चार स्टेपको प्याराफिट बन्ने छ ।
बेनी रंगशाला निर्माणको थालनी भने गत वर्ष देखी सुरु भएको हो । आव ०७५/०७६ मा बेनी नगरपालिकाको ६०/४० प्रतिशतको बजेट मोडेलमा ९७ लाख ५८ हजार खर्च गरी रंगशालाको डिपिआर तयार पार्ने र म्याग्दी खोलापट्टी प्याराफिट राख्न ११ मिटर अग्लो फाउण्डेसन राख्न थालिएको हो ।
म्याग्दी–काली गण्डकी नदी बगरमा खेलकुद मैदान सुधार गर्ने काम भने ०५१ सालदेखी तत्कालिन साँसद निलबहादुर तिलिजाबाट साँसद विकास कोषबाट १ लाख विनियोजन गरी थालेका हुन । त्यसपछि ०७१ सालमा युवा तथा खेलकुद मन्त्रालयबाट ६ लाख ५० हजार र श्रमदान १ लाख ५० हजार खर्च गरी नदी बगरलाई ९/ए साईड फुटवल खेलमैदानको स्वरुपमा ल्याईएको हो ।
बेनी रंगमञ्च नर्मिाण गर्न पूर्वपट्टी कालीगण्डकी किनारामा रहेको मुस्लिम समुदायको चिहान (कब्रस्तान)लाई भएको ठाउँबाट करिव १० मिटर पछाडी सार्ने र सो ठाउँमा बलियो फाउण्डेसन सहित प्याराफिट निर्माण गर्ने योजना छ । रंगशालाको डिपिआरमा उक्त स्थानमा स्टेज, र भिआईपी प्याराफिट बनाउने उल्लेख छ ।
समाचारको फोटो पनि संलग्न छ ।
लकडाउनमा पनि बन्दै छ, मिनी रंगशाला ः म्याग्दी सदरमुकाम बेनीमा ९ करोड लागतमा निर्माण शुरु गरिएको बेनी मिनी रंगशाला ।
९ करोडबढी लागत इष्टिमेट गरिएको बेनी रंगशाला निर्माण गर्न चालु वर्ष संघिय सरकारबाट १ करोड, गण्डकी प्रदेश सरकारबाट ४० लाख, बेनी नगरपालिका, ७ वडाबाट ९ लाख र संघिय साँसद विकास कोषबाट ५० लाखगरी २ करोड लागतमा रंगशालाको पश्चिम म्याग्दी नदीपट्टी ठेक्का र उपभोक्ता समिति मार्फत गरी दुई मोडेलमा एक सय मिटरलामो प्याराफिट निर्माण थालिएको छ ।