- Loading...
लकडाउनको मोडालिटीमा छलफल गर्न दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै
- पुनहिल डट कम
- ४ साल अघि
- १४१ पटक पढिएको
लकडाउनको मोडालिटीमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
आजको बैठकले लकडाउनको मोडल केही परिवर्तन गर्ने बुझिएको छ। यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड-१९ रोकथाम नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिलाई खाका पेश गर्न निर्देशन दिएको थियो। ११ चैतदेखि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन लागू गरेको हो। पछिल्लो समय थपिएको लकडाउनको अवधि ३२ जेठसम्म कायमै राखिएको छ।
लामो समयदेखि जारी लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको, व्यवसाय र जीवीकोपार्जनमा समेत कठिनाइ भइरहेको भन्दै चौतर्फी रूपमा सरकारलाई लकडाउन खुकुलो बनाउन दबाब बढिरहेको छ। उच्चस्तरीय समितिले पनि लकडाउन कसरी खुकुलो बनाउने भन्ने प्रस्ताव मन्त्रिपरिषद्मा बुझाइसकेको छ। आज उक्त प्रस्तावमा नै निर्णय हुने बालुवाटार स्रोतले जानकारी दिएको छ। हिजो साँझ नै तय भएका मन्त्रिपरिषद्को बैठक आज दिउँसोका लागि सारिएको थियो।