FLASH NEWS
  • Loading...

थपिए ३२३ नयाँ कोरोना संक्रमित, मृतकको संख्या १५

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५० पटक पढिएको
थपिए ३२३ नयाँ कोरोना संक्रमित, मृतकको संख्या १५

आज थप ३२३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कूल संक्रमित चार हजार ८५ पुगेका छन्। देशका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा ३२३ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको हो।
संक्रमितमध्ये तीन हजार ७९८ जना महिला र २८७ जना पुरुष छन्। मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार आज थप एक जिल्ला इलाममा संक्रमित भेटिएसँगै कूल ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोना संक्रमण फेला परेको छ।