बत्तिमुनिको बस्तिबाट फर्केर हेर्दा

२६ जेष्ठ २०७७, सोमबार १७:०७ मा प्रकाशित (3 महिना अघि)
पुनहिल संवाददाता

कृष्णसिं बानियाँ 
संविधान सभाबाट संविधान जारी गर्ने जनताको दशकौ देखिको चाहना, संघर्ष र बलिदानी पछि आएको नेपालको संबिधान २०७२ जारी भएसंगै मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सहित संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको शासन ब्यवस्था संञ्चालित छ ।
संवैधान को मर्म र सिद्धान्त अनुरुप स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो । यही निर्वाचनमा तत्कालिन ने.क.पा. (एमाले) को तर्फबाट म्याग्दी जिल्ला, बेनी नगरपालिकामा वडा नं. ६ को वडा अध्यक्षको रुपमा प्राप्त उम्मेदवारी अनुमती र निर्वाचन पश्चात जनताको अमूल्य मतबाट निर्बाचित भईसकेपछी मैले एउटा छुटै पद्धती, सुशासन, बिधी र प्रकृया सागै जनताको सेवा र बिकास निर्माण कार्यलाई अगाडी बढाउने परिकल्पना सहित बेनी नगरपालिकामा प्रबेश गरेको थिएँ । एउटा जिम्मेवार कार्यकर्ताको लागि पार्टी संगठन सबभन्दा ठुलो हुन्छ र पार्टी संगठनले जनप्रतिनिधिलाई नियमन, परिचालन र जनहितमा काम हुन नसके नियन्त्रण र पुन सतर्कताका साथ कार्य गर्न प्रेरित गर्ने, सल्लाह सुझाव दिने, जिल्लाभरिका जनप्रतिनिधिको कार्यप्रगती मुल्याङ्कन गर्ने, गहिरो समिक्षा गर्ने र सुचक तयार गरी बिभिन्न तहगतको बिकास बजेटको बिना कुनै पुर्वाग्रह जनहितमा जनबिकासमा प्रक्षेपण गर्ने र पुनः त्यसको प्रतिफल (इगतउगत) को नियमित परिमाणात्मक एवं गुणात्मक ढंगबाट नतिजामा आधारित ९च्भकगति इचष्भलतभम० भई मापन गर्ने साथै यो नियमित प्रकृयालाई अझ उच्चतम बिन्दुमा पुर्याउने परिकल्पना पनि थियो ।
जिल्ला स्थित बिषयगत कार्यालय, प्रशासन लगायत अन्य निकाएमा पार्टिको तर्फबाट समन्वय गर्ने ब्यक्ती वा नेतागण तोकी जनता सङ्ग जोडीएर कार्य गरिन्छ भन्ने अपेक्षा पनि थियो। स्थानीय तहको चुनावमा जानुपुर्व पार्टिको घोषणा पत्र थियो, जसलाई मुख्य नीतिपत्र मानी सो मा उल्लेख भए बमोजिमका कुरालाई के कति रुपमा पालना गर्न सकियो भनेर केलाउनु पर्ने पनि थियो ताकी अर्को निर्वाचनमा बोल्न र जनताको मन जित्न सजिलो होस् । नया संबिधान, नयाा निर्वाचन र नया जनप्रतिनिधी तीनैको संयोजन एउटा कोरा सेतो कागजको जस्तै रुप थियो, जसमा समयको माग अनुसारको विकासको चित्र बनाई रंग रोगन समेत गर्नुपर्ने थियो ।
स्थानिय स्वायत्त शासन ऐनको, पछी आएको स्थानयि सरकार सन्चालन ऐन २०७४ ० को मर्म अनुसार जनप्रतिनिधिलाई तालिम, कानुनी परामर्श, बिधी र पद्धतीसम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान तथा अन्य प्रकृयाको बारेमा सक्षम बनाई राज्य, संबिधान, कानुन, जनसेवा र बिकासमा लगाउनु पर्थ्यो । स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधीको ग्याप हटाउन र सँगसँगै एक रथको दुइ पाङ्ग्रा सरह काम गर्न नितिगत र व्याबहारिक शिक्षाको आवश्यकता थियो । सर्बभौम जनता हुन् भन्ने कुरा सबैको दिमागमा बसाउनु पर्ने थियो तर यि अधिकांश अपेक्षाकृत ढंगले पुरा हुन सकेनन् ।
करिब नौ महिना उत्साहपूर्वक ढंगले जनताको सेवामा लाग्दैगर्दा त्यस लगत्तै देशमा दुई चरणमा संघ र प्रदेश सभाको निर्वाचन सम्पन्नी भयो । तत्कालिन अवस्थामा प्राप्त बजेटको जनइच्छा बमोजिम टोल र बस्ती स्तरमा गई बिनियोजन भईसकेको र कतिपय स्थानमा कार्यान्वयनको प्रकृयामा थियो । राज्यको पुर्नसंरचना हुनु पूर्वको अर्थुङ्गे ३ देखी ९ सम्मका वडाहरुलाई जोडेर बनाईएको बेनपा ६ ठुलो सल्लेरी राउवडा, फोहटे, जामुनाखर्क, गुफा नेपाने, अर्थुङ्गे, बास्बोट, थाकनपोखरी, एकपाटे, छाप, डम्बरा हुादै कोटेसाङ्गु सम्मको बस्ती र ईतिहास देखी बर्तमान सम्म यस क्षेत्रका जनताको जनमतले सधैं पार्टी संगठन र उम्मेदवारहरुलाई उत्साह थपिरहेको ईतिहास बिर्सिनै नहुने छ ।
यहाँका जनतामा अझै पार्टी सङ्गठन र यहाँका जिल्लादेखी केन्द्रसम्मका नेता प्रति उच्च सम्मान र आशाभरोसा छ । संसदीय र प्रदेश सभाको निर्वाचनमा पनि यहाँका जनताले स्थानिय निर्वाचनमा भन्दा बढी उत्साहका साथ मतदान गरेर भारी मतका साथ बिजयी बनाई पठाएको कुरा छर्लंगै छ । तरपनि दुइबर्ष कुरेर तीन बर्ष लाग्दै गर्दा जिल्ला स्थित सिंचाई, भवन, खानेपानी, पशुस्वास्थ्य, कृषि, सांसद बिकास कोष, संघ र प्रदेशको ओझिलो बजेट वा नगर स्तरको ओझिलो बजेट बेनपा ६ मा पर्न सकेको छैन । प्रायः अन्यत्र वडाहरुमा त्यहाँका पार्टी कमिटिको जिम्मेवार ब्यक्तिहरु साथै भोलिका राजनैतीक सम्भावना बोकेका ब्यक्तिहरु र स्थानीय अगुवाहरु पार्टी, केन्ऽ र प्रदेशमा अतिरिक्त बजेटको लागी र जिल्लातहको बिषयगत कार्यालयमा समेत बजेटको लागि लागिपर्छन भने हाम्रोमा त्यो संस्कारको बिकास हुन सकेको छैन ।
हालसम्मको बजेट र बिकास हेर्दा बेनपा ६ को लागि कि बेनी पाखापानी, कि अर्थुङ्गे पुलाचौर, कि महारानी डाँडाखेत ठुलोखोलाको सडक देखाएर तर्काउने गरिएको छ । के बेनपा ६ मा महत्वका अरु आवश्यकताहरु नै छैनन् ? यदि त्यसो हो भने यो नितान्त गलत छ । यो वडा बत्तिमुनिको अध्यारो भएको छ । यहाँ अधिकांश जनताहरु बिपन्न, अतिगरिव र निरक्षर साथै बेरोजगारी हुनुहुन्छ साथै छरिएर रहेको समावेशी बस्ती छ । अझैसम्म थुप्रै ठाउँमा खानेपानीको समस्या छ, आन्तरीक कृषि ग्रामीण सडकहरु जिर्ण र जोखिमपूर्ण अवस्थामा छन्। बिद्यालय र बाल श्रोत कक्षाहरुको अवस्था अत्यन्तै कमजोर छ ।
पाटीपौवा, पोखरी, चौतारी र पैदालमार्ग झनै चौपट अवस्थामा छन् । बैज्ञानिक बिद्युतीकरण, एबीसी केबल, सडक बत्ती ईत्यादिको स्वरुप उही जमानाको छ । नदीकिनारको बस्तिहरु डम्मरा, चुत्रेनी र कोटेसङ्गु प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् ।जामुनाखर्क क्षत्रको बस्तिमा ढल ब्यबस्थापन र पहिरो नियन्त्रण गर्नुपर्ने छ। साना सिंचाई तथा लफ्टिङ्गि सिंचाई प्रणाली स्थापित हुन नसक्दा सयौ हेक्टर जमिनमा आशा लाग्दो खेती गर्न सकिएको छैन । सदरमुकाम बेनी नजिक भएपनि सधैं दुरदराजको बिकटता जस्तै भोगाई भएको यस क्षेत्रको स्वरुप फेर्न वडा स्तरको बजेट र केही नगरको बजेट साथै केन्द्र प्रदेशको सानो सम्झनाले मात्र सम्भव हुने देखिदैन र जनताको त्यो आशा र आवश्यकता पुरा गर्न पनि सकिन्न । ब्यक्तिगत रुपमा र संस्थागत रुपमा हामीले दृढसंकल्प गरि यहाको जनताको जनभावना अनुसार कार्य गरेको छौ, जस्तो हामीलाई लागेको छ । तर मूल आवश्यकता सम्बोधन हुने योजना केन्ऽ, प्रदेश, नगर तथा अन्य निकायबाट आउन नसके वा सम्बोधन हुन नसके आगामी निर्वाचनमा हामीले राख्ने आशामा जनताले बिवेक कम प्रयोग गर्न सक्छन । समय छदै हाम्रो निती नियमले र बिचारले जनआशा सम्बोधन हुन नसके पुन जनतामा जाने आधार बााकी नरहन सक्छ । सिङ्गो नगर कमिटी र जिल्ला पार्टी संगठन घरघरमा पुगेपनी जनताले हाम्रो पक्षमा मतदान गर्लान भन्ने आधार के हुन्छ ? आखिर जनताको मतदानको आशा पनि विकास नै हो नि होइन र ? जनताले अपेक्षित विकास र समृद्धि विनाको नेतृत्व के सहजै स्वीकार गर्लान् र ?
सर्सर्ती हेर्दा नगरी नहुने मेरो मानसपटलमा घुमेका निम्न योजनाहरु यही दुई बर्षमा सम्पन्ने हुन अपरिहार्य देखिन्छ ।
आन्तरीक मोटर बाटो तर्फः
१. माझखेत पङ्गालीथर कृषि सडक
२. डल्लेपिपल, राउवडा, ठुलो सल्लेरी, फोहटे खोल्सा हुादै जामुनाखर्क अर्थुङ्गे सडक
३. मुहान खोला फोहटे जोड्ने ऽुत मार्ग
४. डम्मरा, थाकन, जर्बुटा रानीबासे ढलेधुङ्गा गैराघर, घरतिटोल बैकल्पिक मार्ग
५. मंगलाघाट तल्लोडम्मरा चुत्रेनी काटेसाङ्गु सडक
६. हस्पिटल चोक जामुनाखर्क बिद्यामन्दिर सडक
७. तल्लोमाझखेत डााडाखेत सडक
८. अर्थुङ्गे डााडागाउँ पुत्लेढुङ्गा सडक
९. एक्ले पिपल गुफा नेपाने हुँदै एक्पाटे सडक
१०. खरेनी बस्ती आपाारुख सडक
११. देउराली बागेश्वरी कोटेसङ्गु सडक (वडाकार्यालय जोड्ने सडक) बास्बोट हुादै पुलाश्रम र अर्थुङ्गे हुदै घतान एवं महारानी छाप डाडाखेत हुादै ठुलोखोला सडक ।
बिद्यालय सुधार तर्फः
१. जामुनाखर्क माबी ६. नेपाने गुफा बालबिकास केन्ऽ २. बिद्यामन्दिर आधारभुत विद्यालय ७. डम्बरा अनौपचारिक शिक्षा केन्ऽ
३. थाकनपोखरी आधारभुत बिद्यालय ८. थाकन पोखरी बाल बिकास केन्ऽ
४. बागेश्वरी आधारझुत बिद्यालय ९. बागेश्वरी बाल बिकास केन्ऽ
५. सी.एल.सी. ९ऋयmगलष्तथ ीभबचलष्लन ऋभलतभच० अर्थुङ्गे
१०. बिद्यामन्दिर बाल बिकास केन्ऽ
खानेपानी तर्फः
१. घोप्टेखोला बृहत खानेपनी बिस्तार योजना (क्रमागत बजेटले कामा हुादै तर समयमानै सम्पन्न हुन कठिन)
२. फोहटे, राउवडा, खोल्सा, चिप्लेबााझा एकघर एक धारा
३. जामुनाखर्क, सिरानघर, काफलबोट, गोलखाडा एक घर एक धारा
४. गुफा नेपाने बासाबोट घोप्टेखोला लाईन बितरण (क्रमागत बजेटले कामा हुादै तर समयमानै सम्पन्न हुन कठिन)
५. अर्थुङ्गे एकीकृत खानेपानी मर्मत सुधार
६. भराले खानेपानी योजना
७. थाकन पोखरी खानेपानी मर्मत सुधार (ढुङ्गानाथर, थाकनपोखरी, जरबुटा, डम्मरा, डााडाबारी) (क्रमागत बजेटले कामा हुादै तर समयमानै सम्पन्न हुन कठिन)
८. पङ्गालीथर, चुत्रेनी, कोटेसाङ्गु जोगिगाडे एकिकृत खानेपानी (क्रमागत बजेटले कामा हुादै तर समयमानै सम्पन्न हुन कठिन)
९. डम्मरा बैकल्पिक खानेपानी मर्मत सुधार
१०. घर्तीटोल, सान्नापाखा, माझखेत, घुरेनी एकीकृत खानेपानी एकघर एक धारा (क्रमागत बजेटले कामा हुादै तर समयमानै सम्पन्न हुन कठिन)
११. महतथर डााडाबारी हुादै रानीबासे एकीकृत एकघर एक धारा (क्रमागत बजेटले कामा हुादै तर समयमानै सम्पन्न हुन कठिन)
१२. खरेनी खानेपानी एक घर एक धारा (क्रमागत बजेटले कामा हुादै तर समयमानै सम्पन्न हुन काठिन)
१३. लाहुरे टोल, कार्कीथर, राम्चे, मुलघर मर्मत सुधार (क्रमागत बजेटले कामा हुादै तर समयमानै सम्पन्न हुन कठिन)
पैदालमार्ग तर्फः
१. कोटेसाङ्गु छाप हुादै पुला जाने पैदालमार्ग
२. चुत्रेनी बागेश्वरी दोभान पैदालमार्ग
३. डम्मरा छाप बतासे पैदालमार्ग
४. डल्लोपीपल फोहटे, राउवडा, रिठावोट, जम्रेनी पैदलमार्ग
५ अग्निखेत थाकन्पोखरी, एक्पाटे पैदालमार्ग
६ भराले पैदालमार्ग
७. महारानीथान भवानीपुज्ने पैदालमार्ग
८. हुलाकचोक, आापको रुख एक्लेपिपल, गुफा हुादै पुलाश्रम (पर्यटन बाट क्रमागत रुपमा वार्षिक २५(३० लाखको)
९ घतान चोक जामुनाखर्क पैदालमार्ग
मठ मन्दिरहरुतर्फः
१.देउराली मन्दिर अर्थुङे २.डाँडाबारी भगवती मन्दिर
३.गुफा राममन्दिर ४.छाप शिव मन्दिर
५.भवानिपुन्य भगवती मन्दिर ६.कोटेसाङ्गु भगवती मन्दिर
७.बास्बोट भगवती मन्दिर ८.डम्मरा शिव मन्दिर ।
९.फोहटेमा शिव मन्दिर
सरसर्ती हेर्दा विकाश निर्माणका धेरै कामहरु सम्पन्ना गर्नुपर्ने देखिन्छ । यसको मतलब हामीले विकाश गर्न नसकिएको भन्ना खोजिएको होइन, स्रोत साधन व्यवस्थापनमा सरोकारवालाहरुको ध्यान र पहल कम भएको भने अवश्य हो । देशले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था अबलम्वन गरेको, संघियता सहितको संविधान जारी भई कार्यान्वयनको दिशामा देश धेरै नै अगाडी बढेको, संघियता कार्यान्वयनको लागि प्रदेश तथा स्थानीय तहको निर्वाचन सम्पन्नत भई संस्थागत तथा कार्यगत संयन्त्रहरुले कार्य सुचारु गरिरहेको परिप्रेक्षमा जनताको विकाशको अपेक्षा बढ्नुलाई अन्यथा लिन सकिन्न । जनतामा ऽुत गतिको विकाशको अपेक्षा छ र त्यो समयको माग पनि हो ।
संघियताले कुना काप्चा को विकाशलाई प्राथमिकता दिई अति दुर्गम ठाउाको समेत विकाश भएको सुनिरहादा बेनी बजार संग अत्यन्त निकट, बेनी बजारलाई काखमै राखेको यस बेनी नगरपालिका वडा नं. ६ को क्षेत्रमा विकाशमा परिवर्तनको लागि आर्थिक रुपले वातावरण बन्न नसक्नु अत्यन्त बिडम्बनाको विषय हो । भौगोलिक संरचना निर्माण गर्दा समेत अन्यायमा परेको यस वडा विकाश निर्माणका कार्यमा आखिर कहिले सम्म पिछडीरहनु पर्ने हो त ? अबको हाम्रो बाँकी कार्यकालमा माथिका सम्पूर्ण योजनाहरु पूरा गर्नको लागि आवश्यक स्रोत, साधनको प्रबन्धको लागि पहल गर्न नगरकमिटी, जिल्ला कमिटी, नगरपालिका, प्रदेश सरकारका प्रतिनिधी तथा संघीय सरकारका प्रतिनिधी संग हार्दिक अपिल गर्दछु । लोकतन्त्रमा नागरिकहरुको अमूल्य मतको समयमै उचित कदर गर्न सकिएन भने पछि पश्चािताप गर्नुको कुनै मूल्य रहदैन । अन्तमा यस वडालाई आगामी दिनमा विकाश निर्मार्णमा न्यायोचित बजेट विनियोजन गरी माथि उल्लेखित योजना पूर्ण गराउन सम्बन्धित निकायसंग हार्दिक अपिल गर्दछु ।

लेखक, बेनी नगरपालिका, ६ का वडाध्यक्ष हुन ।