FLASH NEWS
  • Loading...

अमेरिकी डीभीको नतिजा सार्वजनिक हुँदै

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २२५ पटक पढिएको
अमेरिकी डीभीको नतिजा सार्वजनिक हुँदै

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा २४ जेठमा सार्वजनिक हुने भएको छ। अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशन हुन लागेको हो।
नतिजा थाहा पाउनका लागि डिभी भर्दाको समयमा प्राप्त गरेकाे कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov मा हेर्न सकिने दूतावासले जनाएको छ।
५ मे मा हुने छनाेट कार्यक्रम कोरोनाको कारण ६ जुनलाई सारिएको हो। छनाेटमा हुने उक्त ढिलाइले १ अक्टोबरमा हुने अन्तर्वार्तामा भने कुनै असर नपर्ने दूतावासले यसअघिकै सूचनामार्फत् प्रष्ट पारेको थियो।