FLASH NEWS
  • Loading...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो , दुई हजार ९१२ जनामा संक्रमण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १११ पटक पढिएको
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुग्यो , दुई हजार ९१२ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हिजो, २२ जेठमा सुर्खेतमा क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएका युवकमा थ्रोट स्वाब नमूनाको परीक्षणको नतिजा कोभिड-१९ पोजिटिभ  पुष्टि भएसँगै उनको मृत्यु कोरोना संक्रमणबाट भएको मन्त्रालयले जनाएको छ। १४ दिन क्वारेन्टाइनमा बसेका ती युवकलाई दुईपटक आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएको थियो। मृत्युपछि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा २७८ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्‍न स्थानका प्रयोगशालाहरूमा गरिएको नमूना परीक्षणमा २७८ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
योसहित नेपालमा संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ।