- Loading...
७१ बर्षपछि शुन्य रह्यो अन्नपूर्ण हिमाल
- पुनहिल डट कम
- ४ साल अघि
- १९० पटक पढिएको

जुन ३ अर्थात अन्नपूर्ण दिवस । फ्रान्सेली पर्वतारोही मौििस हार्जोगले सन् १९५० जुन ३ गते ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा मानव पाईला परेको दिनलाई अन्नपूर्ण दिवस मनाउने गरिन्थ्यो ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरना भाईरस संक्रमणको त्रासले अन्नपूर्ण हिमाल आरोहण तथा अन्नपूर्ण चक्रिय मार्ग ७१ बर्षपछि शुन्य छ । अन्नपूर्ण हिमाल वरपरका वस्तीमा पर्यटक नआएका माक्र होईन कोरना संत्रमणको त्रास र लकडाउनले गर्दा गाउँले समेत वल्लो–पल्लो गाउँमा आवत–जावन गर्देनन ।
मौरिसले अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न जाँदा प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग पदमार्ग’ नामाकरण गरी भ्रमण वर्ष २०२० मा धेरै पर्यटकलाई ल्याउने योजना बनाएको थियो ।
‘यो बर्ष अन्नपूर्णमा धेरै पर्यटक ल्याउने तयारीमा थियौं । कोरना महामारीले अन्नपूर्ण दिवस मात्र होईन, हाम्रा सपना पनि खाईदियो । विहान छ्याङ्ग खुलेको अन्नपूर्ण हिमाल हेरेर प्रथम आरोहण र दिवसको स्मरण गरियो’ मौरिस हर्जोग पदमार्ग निर्माण समितिका अध्यक्ष तेजबहादुर गुरुङ्गले भने, ‘आज विहान अन्नपूर्ण–धौलागिरी हिमालमाथी बादल थिएन । खुव हाँसेका थिए, छिट्टै कोरना संकट अन्त्य होला, पर्यटक फेरी फर्किन्छन भन्ने लागेको छ ।’
फान्सेली पर्वतारोही मौरिस हार्गोजको टोलीले नर्थ वेस क्याम्पहुँदै ७१ बर्ष अघि जुन ३ तारेखमा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । उनै पर्वतारोही मौरिसले हिंडेको बाटोलाई सुधार तथा मर्मतपछि छोटो र सजिलो बनाई अन्नपूर्ण गाउँपालिकाले पदमार्ग पहिचान, सुधार र प्रर्वद्धनगरी प्रचलनमा ल्याएको हो ।
अन्नपूर्ण आरोहणको तीन बर्षपछि मात्र सगरमाथा आरोहण भएकोले पर्वतारोहणको हिसावले अन्नपूर्णलाई जेठो हिमाल भन्ने गरिन्छ । अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा अन्नपूर्ण हिमश्रखलाका अन्नपूर्ण प्रथमसहित निलगिरी साउथ र बराह शिखर हिमाल अवस्थित छन ।
अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न मुस्ताङ्गको घाँसाहुँदै जाने प्रचलित नर्थ वेस क्याम्पको कठिन, जोखिमपूर्ण र १४ दिन लामो पदमार्गको विकल्पमा सहज, सुविधा युक्त, ६ छोटो अझ हिमाल फेदीसम्म गाडी चढेरै जाने हो भने ३ दिनमा अन्नपूर्ण नर्थ वेस क्याम्प सजिलै पुग्न सकिन्छ । अन्नपूर्ण नर्थ वेस क्याम्प निलगिरी साउथको पनि साझा वेस क्याम्प हो ।
पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ किलोमिटर कालीगण्डकी नदी पछ्याउँदै उत्तर लागेपछि पुगिन्छ, नारच्याङ वेंशी (१३३० मी) । नारच्याङ अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्ने मौरिस हर्जोग पदमार्गको पहिलो र अन्तीम वस्ती हो । अन्नपूर्ण नर्थ वेस क्याम्प पुग्न नारच्याङबाट दुई वटा विकल्प छन, पैदल वा गाडी ।
कच्ची सडकमा निलगिरीखोला जलविधुत आायोजनाको मुहान रहेको छोटेपासम्म गाडीमा गै त्यहाँबाट निलगिरी र अन्नपूर्ण हिमालबाट झर्ने हुमखोला दोभान (२८८३ मी) मा बास बस्न पुगिन्छ । हुमखोलाबाट दोस्रो दिन भुस्केटमेला (३६५९मी) तेस्रो दिन अन्नपूर्ण र निलगिरीको संयुक्त वेस क्याम्प पुग्न सकिन्छ । चौंथा दिन अन्नपूर्ण नर्थको हाई क्याम्प पुग्न सकिन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
