- Loading...
भैरहवा (बेलहिया) नाका हुँदै नेपाल आइन् अभिनेत्री मनिषा कोइराला
- पुनहिल डट कम
- ५ साल अघि
- २७७ पटक पढिएको

बलिउड अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छन्।
भैरहवा (बेलहिया) नाका हुँदै उनी आमा बुबासहित नेपाल आएकाे रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिए। “बेलहिया नाका भएर आमाबुबासहित आउनुभएको छ। तर, हामीसँग समन्वय भएको छैन। सायद होटलमा क्वारेन्टाइनमा बस्नुहुन्छ होला”, एसपी थापाले भने।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको पूर्ण नक्शा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय सञ्चारमाध्यमले उनलाई विवादमा तानेका थिए। अनावश्यक विवादमा तानिएपछि उनी नेपाल आउने प्रयासमा थिइन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको पूर्ण नक्शाबारे गरेको ट्वीटलाई उनले रिट्वीट गर्दै त्रिदेशीय समझदारीका आधारमा समस्याको समाधान गर्नुपर्ने बताएकी थिइन्। त्यही विषयलाई लिएर भारतीय मिडियाले विवादमा तानेका थिए। नेपालले पूर्ण नक्शा सार्वजनिक गरेसँगै नेपाल-भारतबीच विवाद उत्पन्न भएको छ। विशेषगरी भारतीय मिडियाहरूले अनावश्यक टीकाटिप्पणी गर्दै आएका छन्।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
