- Loading...
आईपास नेपालद्धारा श्वास्थ्य सामाग्री सहयोग
- पुनहिल डट कम
- ४ साल अघि
- १३० पटक पढिएको
बेनी अस्पताल समेत जिल्लाका विभिन्न १८ वटा सुरक्षित गर्भपतन सेवामा सहकार्य गर्दै आएको आईपास नेपालले ति संस्थालाई श्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।
कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आइपास नेपालले बेनी अस्पताललाई २ थान पिपिई समेत सवै श्वास्थ्य संस्थालाई एन ९५ मास्क ४ थान, ५० थान सर्जिकल मास्क, सेनिटाईजर, युजेवल ग्लोब्स, ५ थान पिपिई स्तरका एप्रुन, सुरक्षित गर्भपतन सेवाकालागी आवश्यक औषधी समेत स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो ।
संस्थाले बेनी अस्पतालाई छुट्टै डेलिभर वेड पनि उपलब्ध गराएको छ । श्वास्थ्य सामाग्री मंगलवार प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले नगरपालिका भित्रका श्वास्थ्य संस्थाकालागी बेनी नगर प्रमुख हरिकुमार श्रेष्ठ, बेनी अस्पतालको ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई र अन्य स्थानिय तहका स्वास्थ्य सामाग्री स्वास्थ्य कार्यालय प्रमुख एक नारायण लम्सालर्ला हस्तान्त्रण गरेको आईपास नेपालकी प्रतिनिधी सरस्वती पुरीले बताईन ।