FLASH NEWS
  • Loading...

म्याग्दीका दुई जना संक्रमितको तेस्रो पिरिआर रिपोर्ट नेगेटिभ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९९ पटक पढिएको
म्याग्दीका दुई जना संक्रमितको तेस्रो पिरिआर रिपोर्ट नेगेटिभ

बेनी आईसोलेसनमा रहेका दुई जना कोरना संक्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
बेनी आईसोलेसनमा रहेका मंगला गाउँपालिकाका १९ बर्षिय पुरुष र मालिका गाउँपालिकामा रहेका ३० बर्षिय पुरुषको तेस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै कोरना मुक्त भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । आईसोलेसनमा रहेका तेस्रो संक्रमित बेनी नगरपालिका, ३ का ४९ बर्षिय पुरुषको दोस्रो स्वाब परिक्षण भने पोजेटिभ आएको छ । तीनै जना भारतबाट फर्केका हुन ।
स्वास्थ्य कार्यालयका अनुसार छुट्टै म्याग्दी क्याम्पस र वेष्टपोईन्ट क्वारेन्टाईनमा रहेका ११ जनाको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ ।
‘स्वाव परिक्षणमा पठाएका बेनी अस्पतालका ओपिडी, इर्मजेन्सी र ल्यावका डाक्टरसमेत श्वास्थ्यकर्मी २१ जना समेत ४९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ’ स्वास्थय कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘क्वारेन्टाईनमा बसेको पाँच दिन नपुगेका छुट्टै ८ जनाको स्वाव परिक्षण हुन बाँकी छ ।’
स्वास्थ्य प्रमुख लम्सालका मध्य स्वाव संकलन हुन बाँकीमध्य ३ जना साउदी र कुवेतबाट फर्केका हुन ।