FLASH NEWS
  • Loading...

प्रहरीे गऱ्यो सुरक्षा मापदण्ड कार्यान्वयनको अनुगमन

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ९९ पटक पढिएको
प्रहरीे गऱ्यो सुरक्षा मापदण्ड कार्यान्वयनको अनुगमन

लकडाउन खुकुलो गरेसँगै जारी गरेको ब्यवसाय संञ्चालन र ब्यक्तिगत आवत–जावतमा ब्यवस्थापन गर्न मापदण्ड जारी गरेकोमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले कार्यान्वयनको अवस्था अनुगमन थालेको छ ।
ब्यवसायीले पसलमा भीडभाग गराएको, सामाजिक दुरी कायम नगरेको, मास्क लगाएत सरसफाईमा ख्याल नगरेको र सर्वसाधारण यात्रा गर्दा मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने, सवारी चलाउदा जोरविजोरमा वेवास्ता गर्ने, पसल/कार्यालय पुग्दा हात धुनेसमेत ब्यवहारमा ध्यान नदिएको समेतका दैनिक ब्यवहार लकडाउनको मापदण्ड विपरित रहेको गुनासो बढेसँगै प्रहरीले कार्यान्वयनको अवस्था अनुगमन थालेको हो ।
आईतवार जिल्ला प्रहरी प्रमुख डिएसपी किरण कुँवरको नेतृत्वमा अनुगमनमा निक्लेको प्रहरी टोलीले बेनीका ३ सय ५० पसल, ब्यवसाय र संघसंस्थाको कार्यालय अनुगमन मापदण्ड पुरा नगर्ने ब्यवसयाी र ब्यक्तिलाई सचेत गराएको सूचना अधिकारी धु्रव शर्माले बताए ।

फोटो : जिल्ला प्रहरी कार्यालय, म्याग्दी