FLASH NEWS
  • Loading...

थुप्रिन थाल्यो पिसिआर टेष्ट, महंगो भो कोरना कष्ट

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १०० पटक पढिएको
थुप्रिन थाल्यो पिसिआर टेष्ट, महंगो भो कोरना कष्ट

भारत तथा तेस्रो मुलुकबाट फर्केर सदरमुकाम बेनीको क्वारेन्टाईनमा बसेकाहरुको स्वाब परिक्षण रिपोर्ट आउने दिन लम्बिदै गएको छ ।
पोखरा श्वास्थ्य विज्ञान प्रतिष्ठान (साविक गण्डकी अस्पताल)मा सुरुमा पिसिआर टेष्ट गर्न जिल्लाबाट स्वाब नमुना पठाउँदा भोलीपल्ट साँझसम्म रिपोर्ट आउँथ्यो । तर अहिले ल्यावबा स्वाब नुमुनाको थुप्रो लाग्न थालेपछि परिक्षण रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेको छ । गण्डकी प्रदेशका सवै जिल्लामा भारतबाट फर्केर क्वारेन्टाईनमा बस्नेको संख्खा र कोरना संक्रमितको संख्या दुवै बृद्धी भएपछि पिसिआर विधीबाट स्वाव परिक्षणमा ढिलाई भएको हो ।
भारतबाट घर फर्कने क्रममा विभिन्न सीमावर्ती क्षेत्रबाट (जेठ ८ गते) देखीपछि शनिवार विहानसम्म बेनीका दुई वटा क्वारेन्टाईनमा राखिएका १ सय ५७ जनामध्य ९२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि १५ दिन क्वारेन्टाईनबसी घर फर्केका छन । बेनीका म्याग्दी क्याम्पस र वेष्ट पोईन्ट कलेज क्वारेन्टाईमा हाल क्वारेन्टाईनमा ६४ जना छन । एक जना पिसिआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाईनमा बसेकै बेला नदीले बगाउँदा मृत्यु भयो । ३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएपछि आईसोलेसनमा राखिएको छ ।
क्वारेन्टाईन रहेकामध्य ४५ जनाको स्वाब नमुना संकलन गरी कोरना परिक्षण गर्न पोखरा श्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको हो । रिपोर्ट आउन बाँकी नमुनामध्य १५ जनाको ६ दिनदेखी, १६ जनाको ५ दिनदेखी र १४ जनाको तीन दिनदेखी अल्झेको छ । क्वारेन्टाईनमा रहेका १५ जनाको स्वाब संकलन हुन बाँकी छ । बाँकीको १५ जना क्वारेन्टाईनमा सवेको कम्तीमा एक साता नपुगेको कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टका क्वारेन्टाईन ब्यवस्थापन संयोजक सुरत केसीले बताए ।
‘क्वारेन्टाईन बसेको एक सातामा स्वाव नमुना संकलन गरी पिसिआर टेष्ट गरिन्छ । पिसिआर टेष्ट गर्दा नेगेटिभ आए स्थानीय तहले ब्यवस्थापन गरेका क्वारेन्टाईनमा स्थानन्त्रण गरिन्छ । रिपोर्ट पोजेटिभ आएको खण्डमा उनको क्वारेन्टाईनका रुम पार्टनर, गाडीमा सँगै सीटमा बसेकाको पुन ः पिसिआर टेष्ट गर्ने गरिएको छ’ सदस्य सुरत केसीले भने, ‘रिपोर्ट पोजेटिभ आएकाहरुको बेनी स्थित आईसोलेसनमा राखेर उपचार गरिएको छ । छुट्टै डाक्टर तोकिएको छ ।’
महंगो भो कोरना कष्ट
गाउँका विभिन्न योजनाको रकमान्क्रण तथा कार्यत्रमको शिर्षकान्त्रण गरी कोरना प्रकोप ब्यवस्थापन कोष बनाएका स्थानीय तहलाई खर्च थेग्न मुस्किल हुन थालेको छ । लकडाउन सुरु भए लगत्तै मजदुर तथा विपन्नलाई राहत वितरण, स्वास्थ्य सामाग्री खरिद तथा क्वारेन्टाईनमा बसेकालाई खाना समेत विभिन्न क्षेत्रमा भैरहेको अनियन्त्रित खर्च धान्न स्थानीय तहलाई हम्मे परिरहेको छ ।
चैत ११ गते पहिलो चरणको लकडाउन सुरु भएयता जिल्लाका ६ वटा स्थानिय तहले कोरना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका विभिन्न क्रियाकलाप संञ्चालन गर्न २ करोड ११ लाखबढी खर्च गरिसकेका छन ।
१ करोड ९ लाख ९८ हजारबढीको कोरना प्रकोप नियन्त्रण तथा रोकथाम कोष स्थापना गरेको बेनी नगरपालिकाले जेठ तेस्रो सातासम्म कोरना नियन्त्रण तथा रोकथाम गर्न ६८ लाख २३ हजार खर्च भएको जनाएको छ ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिकाले ३५ लाख, रघुगंगा गाउँपालिकाले १८ लाख, मंगला गापाले २५ लाख ५० हजार, मालिका गापाले २३ लाख र धौलागिरी गापाले २५ लाखबढी नगद भुक्तानी गरेको जनाएका छन । स्थानीय तहले क्वारेन्टाईन ब्यवस्थापन, स्वास्थ्य सामाग्री खरिद र फन्टलाईनमा खटिएका कर्मचारी भत्ता लगाएत सुविधामा भएको ठूलो खर्च वील भुक्तानी बाँकी रहेको जनाएका छन  ।
‘कमाण्ड पोष्टसँग आफैमा बजेट नभएकोले विभिन्न क्षेत्रबाट श्रोत जुटाएका छौं । तत्काल आवश्यक परेको ठाउँमा सकेसम्म मितब्ययी तरिकाले खर्च गरेका छौं । खर्च भएको छ । स्थानीय तहसँगको सहकार्यमै काम गरिरहेका छौं’ कोभिड–१९ कन्ट्रोल कमाण्ड पोष्टका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘स्थानीय सरकारलाई बढी आर्थिक बोझ परेपछि जिल्ला विपद कोष र विभिन्न दाताबाट समेत आर्थिक सहयोग प्राप्त भएको छ । क्वारेन्टाईन क्षमता बढाउने, मान्छे ल्याउने र खर्च निरन्तर भैरहेकोले खर्च सीमा बढ्दै गएका छन ।’