FLASH NEWS
  • Loading...

गलेश्वरको फर्निचर उद्योगमा आगोलागी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १५५ पटक पढिएको
गलेश्वरको फर्निचर उद्योगमा आगोलागी

बेनी नगरपालिका, ९ गलेश्वरमा रहेको रामलक्ष्मण फर्निचर उद्योगमा आगो लाग्दा सम्पूर्ण सामान नष्ट भएको छ ।
गय राती १२.३० बजे रुद्रबहादुर खत्रीको फर्निचर उद्योगमा आगोको मुस्लो देखिएको थियो । विधुत सर्ट हुँदा आगो लागेको प्रारम्भीक अनुमान छ । शसस्त्र, जनपद प्रहरी र स्थानीयको प्रयासमा राती २.३० बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
‘राती फर्निचरमा आगोलाग्दा सम्पूर्ण सामाग्री जलेर नष्ट भएको छ । आगो नियन्त्रणमा आउन २ घन्टाबढी लाग्यो’ जिल्ला प्रहरी प्रमुख डिएसपी किरण कुँवरले भने, ‘राती आगो नियन्त्रणमा लाग्यौं । के कारणले आगो लाग्यो भन्ने कारण र क्षतिको पुर्ण विवरण संकलन भैसकेको छैन ।’