- Loading...
पाँच दिनमै संक्रमितको संख्या दोब्बर, संक्रमण उच्च १०० देशको सूचीमा नेपाल
- पुनहिल डट कम
- ५ साल अघि
- २१२ पटक पढिएको

नेपालमा एक दिनमा १०० जना भन्दा बढी संक्रमित भेटिएको लगातार पाँचौ दिन हो आज। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ बजेको प्रेस ब्रिफिङमा जानकारी दिएअनुसार आजका १६६ जना संक्रमितसमेत गरी नेपालमा एक हजार ५६७ जना संक्रमित भएका छन्।
९ माघ २०७६ मा नेपालमा पहिलो संक्रमित भेटिए यताको साढे चार महीनाका एक हजार ५६७ जना संक्रमितमध्ये आधा भन्दा बढी पछिल्लो पाँच दिनका हुन्।
१३ जेठमा ७७२ जना संक्रमित भएकोमा एकैपटक ११४ जना थपिएर १४ जेठमा पुग्दा ८८६ जना पुगे। त्यसपछि हरेक दिन १०० भन्दा बढी संक्रमित भेटिएका छन्। १५ जेठमा १५६, १६ जेठमा १७० र १७ जेठमा १८९ जना संक्रमित भेटिएर एक हजार ४०१ पुगेको थियो। पछिल्लो २४ घण्टामा त्यसमा १६६ जना थपिएका छन्।
९ माघपछिका चार महीना चार दिनमा १३ माघसम्म संक्रमित ७७२ जना मात्रै रहेका थिए। पछिल्ला पाँच दिनमा त्यो भन्दा बढी ७९५ जना संक्रमित भेटिएका छन्।
यसरी पाँच दिनमै संक्रमित दोब्बर भएसँगै नेपाल संक्रमण उच्च रहेका १०० देशको सूचिमा पुगेको छ। नेपालभन्दा पछि स्लोभाकिया (संक्रमित एक हजार ५२१) छ।
दक्षिण एशियाका भुटानबाहेकका सबै सात देश यो सूचिमा छन्। सबैभन्दा बढी संक्रमित संयुक्त राज्य अमेरिकामा १८ लाख १७ हजार छन् । दोस्रो स्थानमा रहेको ब्रजिलमा ४४ जना संक्रमित थपिएमा संक्रमितको संख्या पाँच लाख पुग्नेछ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
