- Loading...
चन्द समूहका नेता अनिल शर्माको उपचारमा बाधा नपुर्याउन अदालतको आदेश
- पुनहिल डट कम
- ४ साल अघि
- १५६ पटक पढिएको

आफ्नै घरको भर्याङबाट लडेर घाइते भएपछि चितवनको भरतपुर अस्पतालको आकस्मिक कक्षमा उपचाररत अनिल शर्मा भनिने छविलाल सापकोटाको उपचारमा कुनै अवरोध नगर्न अदालतले प्रहरीलाई आदेश दिएको छ।
राज्यविरुद्धको कसूर गरेको अभियोगमा शर्मालाई अस्पतालबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो। चितवन जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले सरकारले शर्माले राज्यविरुद्धको कसूर गरेका कुनै प्रमाण पेश गर्न नसकेको भन्दै उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
शर्मालाई स्ट्रेचरमा राखेर अस्पताल पुर्याइएको अवस्थालाई ध्यानमा राख्दै उनलाई अस्पतालमा भर्ना गरेर चिकित्सकको निगरानीमा उपचार गर्न अदालतले आदेश दिएको छ। शर्माको स्वास्थ्य अवस्था नाजुक रहेको भन्दै उनलाई चिकित्सकको परामर्श विना हाल उपचाररत अस्पतालबाट अन्यत्र कहि कतै स्थानान्तरण गर्न, उपचारमा कुनै बाधा अबरोध नगर्न र उपचारमा कुनै असुविधा नपुर्याउन अदालतले आदेश दिएको हो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
