नक्साका लागि हुने संविधान संशाेधनकाे पक्षमा नेपाली काँग्रेसले भाेट हाल्ने

१८ जेष्ठ २०७७, आईतवार ०९:०२ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता
नेपाली कांग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो । सरकारले यसअघि नै संशोधनका पक्षमा मतदान गर्ने तर त्यसलाई पार्टीको केन्द्रीय समितिबाट निर्णय गर्ने बताउँदै आएको थियो । सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।