- Loading...
डब्ल्युएचओसँग सबै किसिमको सम्बन्ध तोडेको ट्रम्पको घोषणा
- पुनहिल डट कम
- ४ साल अघि
- १४५ पटक पढिएको

विश्व स्वास्थ्य संगठनसँग असन्तुष्ट बन्दै आएको अमेरिकाले सबै प्रकारको सम्बन्ध तोडेको घोषणा गरेको छ ।
ट्रम्प प्रशासनले कोरोना महामारीमा संगठनले आवश्यक व्यवस्थापन नगरेको जनाउँदै डब्ल्युएचओसँगका सबै प्रकारको सम्बन्ध तोड्ने निर्णय गरेको हो ।
ट्रम्प प्रशासनले अमेरिकामा कोरोनाले महामारीको रूप लिएपछि निरन्तर संगठनमाथि महामारीको उचित व्यवस्थापन गर्न नसकेको र चीनको पक्षपोषण गरेको आरोप लगाउँदै आइरहेको थियो । अमेरिकाको यो निर्णय वासिङ्टन र बेइजिङबीच पछिल्लो समय बढ्दै गएको तनावकाबिच आएकाले यसलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
धेरैले यसलाई अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनसँग जोडेर हेर्दै आएका छन् । ट्रम्पको यस कदमलाई उहाँको राष्ट्रपति पुनः निर्वाचित हुन प्रयोग गरिएको चीन विरोधी कार्डका रूपमा समेत हेरिएको छ ।
कोरोना भाइरसको महामारी सबैभन्दा पहिला चीनको हुबेई प्रान्तको वुहानबाट सुरू भएको थियो । त्यसयता यो महामारीले विश्वव्यापी रूप लिइसकेको छ । हाल कोरोनाबाट सर्वाधिक प्रभावित मुलुकको पहिलो नम्बरमा छ ।
अमेरिका विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो दाता रहँदै आएको थियो । संगठनको कुल बजेटको झण्डै १५ प्रतिशत रकम अमेरिकाले बेहोर्दै आएको थियो । नयाँ निर्णयले दुबैपक्षको सन् १९४८ मा जोडिएको सम्बन्धमा विराम लगाइदिएको छ ।
ट्रम्पको यो निर्णय चिनियाँ राष्ट्रपति सि जिङपिङले गत साता आगामी दुई वर्षमा कोरोना महामारीसँग लड्न डब्ल्युएचओलाई दुई बिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेपछि आएको हो । चीनले घोषणा गरेको यो रकम झण्डै विश्वस्वास्थ्य संगठनको गत वर्षको बजेट बराबर हुन आउँछ ।
हाल विश्व स्वास्थ्य संगठनमा विश्वका १९४ राष्ट्र आबद्ध छन् । विश्व स्वास्थ्य संगठनले पछिल्लो अमेरिकी कदमबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
