FLASH NEWS
- Loading...
चीनसँग सिमा जोडिएको मुस्ताङको नेचुंगमा बीओपी स्थापना
- पुनहिल डट कम
- ४ साल अघि
- १४१ पटक पढिएको

सरकारले चीनसँग जोडिएको मुस्ताङको कोरला नाका नजिकै सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा र गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले बिहिबार संयुक्त रुपमा मुस्ताङको कोरला नाका नजिकैको नेचुंगमा बीओपी स्थापना गरेका हुन् ।
कार्यक्रममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश अर्याल, डिआइजी कविन्द्र मान श्रेष्ठ, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष नम्दु गुरुङ, दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ राजु विष्ट लगायत उपस्थित थिए । एआईजी थापाले नेचुंगमा जग्गा प्राप्त भइसकेको र भविष्यमा ब्यारेक बन्ने तयारी रहेको जानकारी दिए । पोष्टमा प्रहरी निरीक्षकको नेतृत्वमा २० जना खटिने छन् ।
सिमा नाकामा पोष्ट स्थापना भएसंगै सिमा अनुगमन, अपराध नियन्त्रण, राजस्व संकलन र चोरी निकासीमा ठूलो सहयोग पुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । यसअघि चिनसंग सिमा जोडिएको संखुवासभामा बीओपी स्थापना भएको थियो । भारततर्फ जोडिएका तीन दिशाका नाका र चीनसँगको उत्तरी नाकामा गरि हालसम्म एक सय २२ बीओपी स्थापना भएका छन् ।

मुस्ताङको चीनसँग कोरला नाका समेत १८–३३ सम्म १६ वटा सीमास्तम्भले १३४.१६ किलोमिटर अर्न्तरष्ट्रिय सीमा जोडिएको छ । सरकारले हालै (वैशाख ३१ गते) सुदर पश्चिम दार्चुलाको दक्षिणी छिमेकी भारतले अतिक्रमण गरेको लिपुलेक र कालापानी क्षेत्रमा पर्ने ब्यास गाउँपालिका, १ छाङ्रुमा शसस्त्र प्रहरीको १०७ औं सीमा निगरानी चौकी (विओपी) स्थापना गरेपछि उत्तरी छिमेकी चीन सीमावर्ती कोरलामा पनि विओपी राख्नको हो ।
यस अघि ०६६ फागुनमा छिमेकी चीनले उपल्लो मुस्ताङ्गमा चीन विरोधी गतिविधी बढेको गुनासो गरेपछि सरकारले चण्डिका शसस्त्र प्रहरी गण पर्वतबाट प्रहरी नायव उपरिक्षक नारायण श्रेष्ठको नेतृत्वमा ४६ जनाको टोली सीमावर्ती नेचुङ्गमा सीमा सुरक्षा पोष्ट खडा गर्न खटाईएको थियो । तर पर्वतबाट माघ दोस्रो साता नेचुङ्गमा सीमा सुरक्षार्थ हिंडेको टोली बाक्लो हिमपातले हिंड्न नसकेको कारण देखाई सदरमुकाम जोमसोम स्थित कवर्ड हलमा बसेको थियो । त्यसपछि कहिल्यै हिउँ पग्लेन, शसस्त्र प्रहरीले जोमसोममै रमायो ।
नेपाली पक्षले सीमा सुरक्षा पोष्ट स्थापना गरेको मिडियाबाजी गरेपनि ब्यवहारमा कार्यान्वयन नगरेपछि चीनले कोरला नाकामा काँडेतार लगाएको थियो । बेनी–जोमसोम–कोरला सडक जोडिएको २४ नम्बर पिलर पारीपट्टी चीनले दशगजा छोडेर आधुनिक सूचानाप्रविधी जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, एनिमल क्वारेन्टाईन, कर्मचारी आवस गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा प्रन्वन्ध सहित पूर्वाधार खडा गरेको छ । तर सीमा वारी नेपालपट्टी खाली चौर चकमन्न पल्टेको छ । संरचना निर्माणको कुनै सुरसार देखिंदैन ।
नेपाल–चीन वीच गर्त वर्ष हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार चीनका चार सामुद्रिक तथा तीन सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने मध्यको नेचुङ–लेक्जे (कोरला) नाकामा चीनियाँ भन्सार कार्यालयको आमने–सामने हुनेगरी नेपाली पक्षले एकिृकृत भन्सार कार्यालय स्थापना गर्ने प्रकृयामा छ । नाकामा एकिकृत भन्सार कार्यालय स्थापना गर्ने कुनै सुरसार नभएकोले सीमा सुरक्षामा खटाईएको शसस्त्र प्रहरी, जनपद प्रहरी र भन्सार १२ किमी वरै वस्न वाध्य छन । उत्तरी सीमामा रहने नेपाली सेनाको टोली पनि २५ किमी दक्षिणपट्टी तल लोमन्थाङ्ग छेउमा बसेको छ ।
कोरला नाकामा नेपाली सुरक्षाकर्मी र सरकारी प्रतिनिधि नहुँदा त्यहाँ पुगेका आन्तरिक तथा बाहय पर्यटकलाई चीनियाँ प्रहरी र सेनाले दुर्ब्यवहार गर्ने गरेका छन । दशगजा क्षेत्रको २४ नम्बर पिलरमा पुगेर तस्वीर खिच्दा समेत चिनिया सुरक्षाकर्मी नेपाली भुमि पसेरै धम्क्याउने गरेका छन ।
‘चीनियाँ भन्सार कार्यालयको आमने–सामने हुनेगरी नेपाली भन्सार कार्यालय स्थापना गर्न जग्गा प्राप्ती भएको छ’ प्रतिनिधी सभा सदस्य प्रेमप्रसाद तुलाचनले भने, ‘अर्थ, गृह, रक्षा र प्रधानमन्त्री सवैलाई कोरला नाकाको यथार्थ लेखेरै जानकारी गराएको छु । गृह र अर्थमन्त्रीले कोरला नाका ब्यवस्थित संञ्चालन गर्न काम भैरहेको छ ।’
कोरला नाकामा भन्सार कार्यालय, बन्दरगाह, सुरक्षा प्रवन्ध समेतका पूर्वाधार निर्माणमा मात्र होईन नाकाबाट हुने पारवाहन तथा सामान ढुवानी गर्न चौडा र मापदण्ड योग्य सडक निर्माणपनि उस्तै ढिलाई भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक