- Loading...
अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १४७ पटक पढिएको

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिर्सोस सेन्टरका अनुसारस बिहीबार बिहानसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३ सय ९६ पुगेको छ ।
त्यस्तै बिहीबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब १७ लाख पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब ४ लाख निको भएका छन् ।
गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा जनवरी २१ मा पहिलो पटक देखिएको थियो । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिकामै मृत्यु भएको छ । बीबीसीका उत्तर अमेरिकी संवाददाता जोन सोपेलका अनुसार कोरिया, भियतनाम, इराक र अफगानिस्तानमा गरी भएको ४४ वर्षको युद्धमा भन्दा बढी अमेरिकी नागरिकको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
अमेरिकापछि सबैभन्दा बढी बेलायतमा ३७ हजार ५ सय ४२ जनाको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या करिब २ लाख ६८ हजार रहेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण ब्राजिलमा देखिएको छ । ब्राजिलमा अहिलेसम्म करिब ४ लाख ११ हजारमा संक्रमण देखिएको छ भने २५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यसैगरी रुसमा पनि कोरोना भाइरसको संक्रमण तीव्र रुपले बढिरहेको छ । रुसमा बिहीबार बिहानसम्म ३ लाख ७० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ ।
छिमेकी मुलुक भारत पनि कोरोना भाइरसको संक्रमण धेरै भएका देशमध्येमा पर्छ । बिहीबार बिहानसम्म भारतमा एक लाख ५८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । भारतमा ६७ हजारभन्दा बढी निको भएका छन् ।
कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने संक्रमण नियन्त्रणउन्मुख भएको बताइन्छ । चीनमा अहिलेसम्म ८४ हजार १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । चीनमा अहिलेसम्म ४ हजार ६ सय ३८ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये ७९ हजार ३ सय ६६ जना निको भएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार अहिले चीनमा संक्रिय केसहरु करिब सयको हाराहारीमा मात्रै रहेको छ । पछिल्ला केही दिन यता चीनमा संक्रमण देखिएको छैन ।
कोरोना भाइरसको संक्रमणबाट बिहीबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ३ लाख ५५ हजार ५ सय ७५ जनाको मृत्यु भएको छ । त्यस्तै ५६ लाख ९० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये करिब २३ लाख ५० हजार निको भएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
