- Loading...
म्याग्दीमा भारतबाट फर्केका १४ जनाको स्वाब संकलन
- पुनहिल डट कम
- ४ साल अघि
- १०८ पटक पढिएको
भारतबाट फर्केर बेनीको क्वारिन्टाईनमा बसेकामध्य १४ जनाको पिसिआर विधीबाट कोरना परिक्षण गर्न स्वाब संकलन गरिएको छ ।
संकलित स्वाब पोखरा श्वास्थ्य विज्ञान प्रतिष्ठान (साविक गण्डकी अस्पताल)मा कोरना परिक्षणकालागी बुधवार नै पोखरा पठाईएको बेनी अस्पतालले जनाएको छ । थप २९ जनाको स्वाब विहिवार संकलन गर्ने कार्यक्रम छ ।
‘आज (बुधवार) पाँच दिन अघि भारतबाट आई बेनीको एउटा क्वारेन्टाईनमा रहेका १४ जनाको स्वाब संकलन गरी कोरना परिक्षणकालागी पोखरा पठाएका छौं’ बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले भने, ‘क्रमश ः भारतबाट फर्केर क्वारेन्टाईनमा बसेको ५ दिन पुगेपछि स्वाब परिक्षण गरिने छ ।’
कोरना संक्रमणको उच्च जोखिममा रहेका १४ जना समेत ७० जना बेनीका क्वारेन्टाईनहरुमा राखिएको छ । कोरना संक्रमण समुदायमा फैलन नदिन उनीहरुलाई भारतिय सीमा नाकाबाट उद्धार गरी सोझै क्वारेन्टाईनमा राखिएको थियो ।
भारतका विभिन्न सहरबाट फर्कनेक्रमा सीमा नाकाबाट उद्धार गरी जिल्ला ल्याईएका ३ महिला समेत ७० जनालाई बेनीको दुई वटा क्वारिन्टीनमा राखिएको छ । भारतबाट ठूलो संख्यामा जिल्ला भित्रन थालेपछि जिल्लाबासीमा कोरना संक्रमण समुदायमा फैलने त्रास बढेको छ । सुनौलीमा २ जना, काकडभिट्टामा ३ जना र रुपडिया नाकामा २ जनागरी थप ७ जना अलपत्र रहेको सूचना छ । उनीहरुको उद्धार प्रयास थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
‘भारतबाट फर्केका सवै कोरना संक्रमणको उच्च जोखिममा रहेका छन । कम्तीमा एक हप्ता क्वारिन्टीनमा राखेर सवैको पिसिआर टेष्ट गराउन नमुना संकलन थालेका छौं’ प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भने, ‘सदरमुकामबाट गाउँपालिकामा लैजाँदा थप गाडी, श्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी परिचालन हुनु पर्ने हुँदा धेरैमा संक्रमण जोखिम हुने भएकोले सवैलाई सदरमुकाममा राख्ने र खर्च गाउँपालिकाले ब्यहोर्ने सहमति छ ।’
यी क्वारिन्टीनमा विदेशबाट फर्केका मात्र होईन सहरबाट पुख्यौली थलो फर्केका समेत ३ सय ६७ जनालाई क्वारिन्टीनमा बसेर घर फर्केका थिए । कोरना रोकथाम तथा नियन्त्रण गर्न सुरु गरिएको लकडाउन र तत्काल थालिएका क्वारिन्टीन, आईसोलेसन कक्ष निर्माण समेत सम्बन्धीत गतिविधीको खर्च कार्यविधी र खर्चका विवरण सार्वजनिक गर्न ढिला गर्नु हुँदैन ।
चैत ११ गतेबाट सुरु भएको लकडाउन लगत्तै हतारमा विना पूर्वाधार सुरु गरिएको क्वारिन्टीनमा अन्धाधुन्दा लगानी गरेका स्थानीय तहले कुन कुन शिर्षकमा कति रुपैयाँ खर्च भएको विवरण तयार पार्न सकेका छैनन । लकडाउनको महिनादिन पछि सहरबाट गाउँ फर्कनेको लर्को लागेपछि क्वारिन्टीन खर्च ब्यवस्थापनमा टुङ्गो नभएको स्थानीय तहले बताएका छन ।
कोभिड–१९ कन्ट्रोल जिल्ला कमाण्ड पोष्टका सदस्य सुरत केसीले दिएको जानकारी अनुसार शनिवार र्यापिड टेष्ट गरिएका मध्य र्याण््डम विधीबाट ६ जनाको स्वाब भने कोरना परिक्षणकालागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको छ । उक्त र्यापिट किटले १५ मिनेटमा कोरनाका लक्षणको टेष्ट रिपोर्ट दिन्छ ।
स्वास्थ्य कार्यालयका अनुसार स्थानीय तह अनुसार चैत यता विदेशबाट घर फर्केका र क्यारेन्टाईनमा समेत बसेका बेनी नगरपालिका भित्रका ३३ जनालाई शनिवार, आईतवार मालिका गाउँपालिकाका ११ र धौलागिरी गापाका १५ जनालाई र्यापिड टेष्टकालागी सदरमुकाम ल्याउने ब्यवस्था मिलाईएको छ । त्यसैगरी सोमबार मंगला गापाका ३४ र रघुगंगा गापाका ३६ तथा मंगलवार अन्नपूर्ण गापाका १५ जनाको र्यापिड टेष्ट गर्ने समय तालिका मिलाईएको छ ।