FLASH NEWS
  • Loading...

गण्डकी प्रदेशमा फेरी देखियो कोरना संक्रमण

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १४५ पटक पढिएको
गण्डकी प्रदेशमा फेरी देखियो कोरना संक्रमण

गण्डकी प्रदेशमा फेरी संक्रमण देखिएको छ । बाग्लुङ्गका भेटिएका कोरना संक्रमित निको भै घर फिर्ता भएपछि केही दिन अघि नवलपुरमा कोरना संक्रमण देखिएको थियो । नवलपुरका कोरना संक्रमण उपचार भैरहेका बेला पछिल्लो समय लम्जुङ्गमा संक्रमण देखिएको हो ।

मंगलबार सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सिन्धुली, लमजुङ, रामेछाप र ललितपुरमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार यी जिल्लामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ । मंगलबार दिउँसोको बुलेटिनअनुसार नेपालमा कुल संक्रमितको संख्या ४०२ पुगेको छ ।