एम्बुलेन्स दुर्घटनाहुँदा चालक वेपत्ता

४ जेष्ठ २०७७, आईतवार १६:३९ मा प्रकाशित (2 हप्ता अघि)
पुनहिल संवाददाता

विरामी लिन मुस्ताङ्गबाट बेनी झर्दै गरेको ध १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका, २ बैसरी नजिकै बेनी–जोमसोम सडकको गलेश्वर–वेगखोला खण्डको वैसरी नजिक सडकदेखी तल कालीगण्डकी नदीमा खस्दा चालक वेपत्ता छन ।
दुर्घटनामा परि मुस्ताङ्गको थासाङ्ग गाउँपालिका, ४ झुप्राका २१ बर्षिय चालक सुजन विक वेपत्ता भएको प्रहरीलेजनाएको छ । प्रहरीका अनुसार थासाङ्ग गाउँपालिका, २ लेते स्थित स्वास्थ्य चौकीको एम्बुलेन्स बेनी अस्पतालबाट डिस्चार्ज भएका विरामी लिन झर्नेक्रममा सडकबाट अन्दाजी ३० मिटर तल कालीगण्डकीमा खसेको थियो ।
घट्नास्थल रहेका प्रहरी निरिक्षक ध्रुव शर्माका अनुसार दुर्घटनाग्रस्त एम्बुलेन्सको अगाडीको भाग नदीमा देखिएको भएपनि बाँकी भाग पानीमा डुवेको र वेपत्ता चालकको खोजी भैरहेको छ ।