- Loading...
नीति तथा कार्यक्रमप्रति गण्डकीका मन्त्री गुरुङको कडा असन्तुष्टी
- पुनहिल डट कम
- ४ साल अघि
- १५९ पटक पढिएको

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पनि संघीय सरकारको नीति तथा कार्यक्रमप्रति कडा असन्तुष्टी जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् नीति तथा कार्यक्रमलाई ‘संघीयता शासन प्रणालीको मर्म र भावनाविपरित, केन्द्रीकृत मानशिकतामा आधारित’ भन्ने टिप्पणी गरेका छन् । लामो स्टाटस् लेख्दै उनले नीति तथा कार्यक्रमले प्रदेश र स्थानीय तहलाई झन कमजोर बनाउने ठोकुवा पनि गरेका छन् ।
‘वर्तमान शासन प्रणाली विपरित सोझै स्थानीय तहसम्म कार्यक्रम संचालन गर्ने खालका नीति तथा कार्यक्रमले कतै संघीय व्यवस्था समाप्त हुने त हैन भन्ने प्रश्न उठ्नु र उठाउनु स्वभाविक देखिन्छ’, उनले भनेका छन्,‘हाम्रा नीति तथा कार्यक्रम र त्यसका निर्धारित गन्तव्य संवैधानिक छन् या छैनन् ? संघीय शासन प्रणालीको मर्म र भावना अनुसार छन् कि छैनन् ? ’ उनले संघीयता भनेको भूगोल र सीमाना मात्रै नभएर त्यस भूगोलमा बस्ने विभिन्न समुदाय र नागरिकहरुको राष्ट्रिय पहिचान,एकता र सद्भावसहितको स्वाधीन अर्थतन्त्र भएको जिकिर गरेका छन् । उनले यी यावत् विषयमा नीति तथा कार्यक्रम अस्पष्ट रहेको जिकिर पनि गरेका छन् । मन्त्री गुरुङले कोराना महामारीका कारण देखा परेको राष्ट्रिय आर्थिक संकट र त्यसबाट मुलुकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा नीति तथा कार्यक्रमले स्पष्ट बोल्न नसकेको आरोप पनि लगाएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
