- Loading...
राष्ट्रपतिद्वारा संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
- पुनहिल डट कम
- ४ साल अघि
- २२४ पटक पढिएको

सरकारले आगामी आर्थिक २०७७/७८ को नीति तथा कार्यक्रम शुक्रबार अपराह्न संघीय संसद्मा प्रस्तुत गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। कोरोनाको संकटबीच सरकारले आर्थिक संकटबाट माथि उठ्ने रणनीतिसहित नीति तथा कार्यक्रम प्रस्तु गरेको हो।
संसदमा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रममा सरकारले कोरोना संकटबाट निस्किँदै स्वास्थ्य पूर्वाधार र रोजगारी बढाउनले लक्ष्य लिएको छ। नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ।
यस अघि संसद्मा पूर्वबजेट छलफल भइसकेको छ। कोरोना भाइरसको जोखिमका कारण विगत वर्षको नीति, कार्यक्रम प्रस्तुत हुँदा धेरै पाहुनालाई आमन्त्रण गरिएको छैन। दर्शक र सञ्चारकर्मीको उपस्थिति पनि पातलो छ। बैठकका गतिविधिलाई विभिन्न राष्ट्रिय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गर्दैछन्। यसअघि सांसद्हरुको कोरोना भाइरस परीक्षण गरिसकिएको छ भने हरेक बैठकमा प्रवेश बैठककक्ष बाहिर तापक्रम जाँच र स्यानिटाइजर लगाउने प्रबन्ध गरिएको छ। भौतिक दूरीसहित तर्जुमा गरिएको बैठक कक्षा सांसद सबैले मास्क लगाएर प्रवेश गरेका थिए। राष्ट्रपतिको सम्बोधन सकिएपछि साँझ ६ बजे दोस्रो बैठक बस्ने कार्यतालिका तय गरिएको छ।
सरकारले नेपालमा कोही पनि भोकै नपर्ने र कोही पनि भोकले नमर्ने नीति तथा कार्यक्रम तय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलेले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा त्यसबारे उल्लेख छ ।
‘अब नेपालमा गरिबीको कारणले कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । यो सरकारको प्रतिबद्धता हो’, नीति तथा कार्यक्रममा छ । सरकारले आर्थिक समृुद्धि, बेरोजगारी हल गर्ने, कोरोनाविरुद्ध लड्नेलगायत विषयमा केन्द्रित भई नीति तथा कार्यक्रम तयार गरेको हो ।
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरुलाई उद्यमशील बन्नका लागि सरकारले सुरुआती पुँजी उपलब्ध गराउने समेत भएको छ । कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ ।
सरकारले सबै मेडिकल कलेजले जिल्लास्थित एक अस्पतालमा शल्य चिकित्सासहितको सेवा दिनुपर्ने र सबै स्वास्थ्य संस्थाले महीनाको एक दिन स्याटेलाइट क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था गर्ने जनाएको छ।
नीति तथा कार्यक्रममा निरोगी नेपालको लक्ष्य लिएको सरकारले गरीब तथा विपन्न वर्गलाई प्रारम्भिक निःशुल्क स्वास्थ्यसेवा उपलब्ध गराइने उल्लेख गरिएको छ। साथै उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दम, मृगौला, र कलेजो र महिलाहरूको पाठेघरसम्बन्धी रोगको रोकथाम, परिचालन र उपचारको कार्य देशव्यापीरूपमा थप प्रभावकारी बनाइने राष्ट्रपति भण्डारीले बताइन्।
वडास्तरीय सेवा केन्द्रबाट ४० वर्षमाथिको रक्तचाप, अब्डोमिन र मधुमेह जाँच गर्ने व्यवस्था गरिनेछ। आयुर्वेदिक होमियोप्याथी तथा प्राकृतिक उपचार प्रणालीको व्यवस्था गरिने लक्ष्य लिएको छ। त्यस्तै आमनागरिकलाई योगाभ्यास र शारीरिक व्यायामसहितको जीवनपद्धति अपनाउन प्रेरित गरिनेछ। स्थानीय तहका वडाहरूमा व्यायामशाला, आरोग्य केन्द्र र योग केन्द्रहरू स्थापना गर्न प्रोत्साहन गरिने योजना छ।
सरकारले नेपालभरिबाट तीन अंकको टेलिफोन सेवाबाट नागरिकले सहजरूपमा एम्बुलेन्स सेवा पाउनको लागि एकीकृत एम्बुलेन्स सेवाको थालनी गरिनुका साथै प्रमुख राजमार्गहरूमा ट्रमा सेवाको विस्तार गरिने योजना लिएको छ।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो, प्रत्यारोपण सेवा प्रारम्भ भएको छ। आगामी आर्थिक वर्ष यस अस्पतालमा मेट्रोलोजी तथा न्यूरोलोजी केन्द्र स्थापना गरिनेछ। कान्ति बाल अस्पताललाई बाल रोगका विभिन्न विधामा उच्च शिक्षाको अधययन गर्ने उत्कृष्ट केन्द्रको रूपमा विकास गरिनेछ। मनमोहन कार्डियो परासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र शहीद गंगालाल राष्ट्रिय केन्द्रमा बाल मुटुरोगको पहिचान र उपचार गर्ने व्यवस्था गरिनेछ। प्रसूति गृहको सेवालाई थप विशिष्टीकृत गरिनेछ।
सबै अस्पतालहरूले महामारीको समयमा सम्भव भएसम्म अधिकतम स्वास्थ्य सेवा उपलब्ध गराइने प्रबन्ध मिलाइने छ। रोगको रोकथामको लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गरिनेछ। स्वास्थ्य संस्था र सेवाको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गरिनेछ।
अन्तर्राष्ट्रिय नाकाहरूमा हेल्प डेस्क र क्वारेन्टाइन स्थापना गरिनेछ। ५५१ स्थानीय तहको २७ लाखभन्दा बढी नागरिककको स्वास्थ्य बिमा गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ। आगामी तीन वर्षभित्रमा सबै नागरिकमा यो सेवा पुर्याइनेछ। यसमा आधारभूत बाहेकका स्वास्थ्य सेवाहरू क्रमशः थपिँदै लैजाने सरकारकाे याेजना छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
