- Loading...
कालापानीमा पहिलो पटक सुरक्षा पोष्ट
- पुनहिल डट कम
- ४ साल अघि
- १७० पटक पढिएको

सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्ट प्रहरी टोली लिएर व्यास गाउँपालिका वडा नम्बर १ छाङ्रू पुगेका छन् ।
सातजना सशस्त्र प्रहरी र दुई जना स्थानीयका साथ नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टर लिएर गुल्मपति बिष्ट छाङ्रु पुगेका हुन् ।
सशस्त्रको टोली बस्ने ठाउँ, घर र अन्य बन्दोबस्ती मिलाउन डिएसपीको टोली कालापानीबाट करिब १२ किलोमिटर दक्षिणपूर्वमा पर्ने छाङ्रु पुगेको हो । त्यहाँ पुगेर डिएसपी विष्ट नेतृत्वको टोलीले बोर्डर आउट पोस्ट पनि स्थापना गरेका छन् ।
नेपाली सेनाको हेलिकोप्टरले ६ महिना पुग्ने खाद्यान्न, तारबार, इन्धन, सोलार र अन्य बन्दोबस्तीको सामान लिएर गएको हो । सशस्त्र प्रहरी बलले छाङ्रुस्थित स्थानीयको घर भाडामा लिएर कार्यालय खोलेको छ । सशस्त्र प्रहरी बलसँगै नेपाल प्रहरीका नौजना समेत छाङ्रु गएका छन् ।
सितापुल चौकीका नौजना हेलिकोप्टरबाटर तीनजना त्यही चौकीका लागि व्यास गाउँपालिका वडा नम्बर २ दुम्लिङ प्रहरी चौकीबाट हिँडिसकेको प्रहरी नायव उपरीक्षक पदमबहादुर बिष्टले बताए । व्यासको छाङरुमा प्रहरी निरीक्षक लिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी टोली पहिलो पटक तैनाथ गरिँदैछ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
