Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

हातहतियार मुद्धामा पक्राउ परेका पाखापानीका वडाध्यक्ष धरौटीमा रिहा

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २३१ पटक पढिएको
हातहतियार मुद्धामा पक्राउ परेका पाखापानीका वडाध्यक्ष धरौटीमा रिहा

हातहतियार तथा खरखजना मुद्धामा प्रहरीसमक्ष आत्मसमर्पण गरेका रघुगंगा गाउँपालिका, ६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजा मंगलवार अदालतबाट धरौटीमा रिहा भएका छन ।
हातहतियार तथा खरखजना कारोवार/भण्डारण मुद्धामा मंगलवार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधिस माधवेन्द्रराज रेग्मीले २ लाख ५० हजार धरौटीमा छोड्ने आदेश गरेका हुन । सरकारी वकिल कार्यालयले शेरपुजा विरुद्ध फौजदारी अपराध संहिताको हातहतियार सम्बन्धी परिच्छेदको दफा १ सय ३० बमोजिम ७ बर्ष कैद र ७० हजारसम्म जरिवाना माग सहित मुद्धा अभियोजन गरेको थियो ।
‘वडाध्यक्ष मनकुमार शेरपुजालाई विपक्षि बनाई अभियोजन गरिएको मुद्धामा आज छुनछेक आदेश हुँदा २ लाख ५० हजार धरौटी वा सो बमोजिमको विगोमा रिहा गर्ने आदेश भएको छ’ जिल्ला अदातलका श्रेष्तेदार खिलप्रसाद बुर्लाकोटीले भने, ‘फौजदारी अपराध संहिताको हातहतियार सम्बन्धी परिच्छेदको दफा १ सय ३० बमोजिम ७ बर्ष कैद र ७० हजारसम्म जरिवाना हुने ब्यवस्था छ ।’
सामाजिक सञ्जाल फेसवुकमा लेखेको स्टाटसको आधारमा प्रहरीले वडाध्यक्ष शेरपुजाको घर तलासी गर्दा एक राउण्ड कार्तुस (एलजी वुलेट) बरामद गरेको थियो । वडाध्यक्ष शेरपुजाले आफ्नो स्टाटसमा ‘नेकपा गापा अध्यक्ष दिपक कार्की विखर्ची मित्रले झै सामाजिक संञ्जालमा आगो वाल्नु छ । कसैले हिम्मत बोकि निभाउछु भनेर आउछ भने एउटा मात्र वुलेट छ, त्यही उपहार दिएर पठाउँछु ।’ उल्लेख गरेका थिए । उक्त स्टाटस शेरपुजाले केही समयपछि हटाएका पनि थिए । रघुगंगा गापा, ६ पाखापानीमा काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधी रहेका शेरपुजाको पद मुद्धाको अन्तिम किनारा नलाग्दासम्म निलम्बनमा रहने कानुन ब्यवसायीले बताए ।
त्यसैविच लकडाउनको समयावधी चैत १०–वैशाख ३० गतेसम्म जिल्ला अदालतमा १३ थान मुद्धा दर्ता भएका छन । दर्ता भएका मुद्धामध्य ८ थान मुद्धाका आरोपित धरौटीमा छुटेका छन । ४ थान मुद्धाका ओरोपित भने अदालतको आदेश अनुसार पुर्पषकालागी थुनामा रहेका छन ।
श्रेष्तेदार बुर्लाकोटीका अनुसार लकडाउनको समयमा २ थान ज्यान मार्ने उद्योग, १ थान कर्तब्य ज्यान, राज्य विरुद्धको कसुर एक थान, वहुविवाह एक थान, बहुविवाह एक थान, लागु औषधका २ थान, पशुपंक्षीका २ थान, गोरु काटेको एक वटा र हातहतियारका दुई थान मुद्धा दर्ता भएका थिए । यी मुद्धामा म्याद थपका १७ वटा, कल डिटेल माग ४ वटा, जरुरी पक्राउका ५ वटा, पक्राउ पुर्जी ३ वटा र अभिभावक जिम्मा लगाउने १ वटा निवेदन पनि अदालतमा परेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल