आज:  | Fri, 25, Sep, 2020

पूर्वयुवराज पारसले बाँडे जलारीलाई राहत

३० बैशाख २०७७, मंगलवार १५:२३ मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता

पूर्वयुवराज पारसले पोखरामा रहेका जलारी समुदायलाई राहत बितरण गरेका छन् । लकडाउनको बेला पोखराको लेकसाइडमा बस्दै आएका उनले पोखराको खपौँदी क्षेत्रमा रहेका ४० परिवारलाई राहत बितरण गरेका हुन् । उनले ८४ वर्षिया बृद्धा रत्नमाया जलारीलाई राहत प्याकेज हस्तान्तरण गरे ।
आफूलाई राखिएको सोफामा नबसेर सामान्य कुर्चीमा बसेका पारसले त्यहाँ केही स्थानीय र सहयोगीहरुसँग भलाकुसारी पनि गरे । राहत प्याकेजमा १० किलोग्राम चामल, नुन, तेल, दाल, बिस्कुटलगायत रहेको उनका सहयोगीहरुले जानकारी दिए । आफू बसेको होटलबाट मोटरसाइकलमा खपौँदी पुग्दा जलारी समाजका अध्यक्ष ईन्द्रबहादुर जलारीसहितका स्थानीय जलारी समुदायले उनलाई खादा र मालासहित स्वागत गरेका थिए ।