- Loading...
लकडाउनमै धौलागिरी गाउँपालिकाले सुरु गर्यो विद्यालय भर्ना अभियान
- पुनहिल डट कम
- ४ साल अघि
- १६० पटक पढिएको

धौलागिरी गाउँपालिका, २ लुलाङ्ग स्थित लुलाङ्ग आधारभुत विद्यालयको फाईल फोटो ।
धौलागिरी, चुरेन, पुथा र गुर्जा हिमालको फेदीमा अवस्थित जिल्लाका दुर्गम धौलागिरी गाउँपालिकाले मातहतका विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु गरेको छ ।
कोरना भाईरस संक्रमण त्रास विच चैत ८ गते देखी निर्धारित एसईई परिक्षा समेत स्थगित रहेको र नयाँ शैक्षिक सत्रमा पनि अन्यौल रहेका बेला धौलागिरी गाउँपालिकाले विद्यालय अभियान थालेको हो । जेठ ७ गतेदेखी विद्यालय खुल्ने र अध्यापन थाल्ने पनि गाउँपालिकाले जनाएको छ ।
‘सामाजिक दुरी कायम गरी विद्यार्थी भर्ना सुरु गरेका छौं । गाउँपालिकामा तीन जना गण्डकी प्रदेशबाहिरका बाहेक प्राय सवै शिक्षक स्थानीय रहेकोले जेठ ७ गतेदेखी संञ्चालन गर्दा समस्या नहुने ठानेका छौं’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘पुराना पाठ्यपुस्तक ब्यवस्थापन गर्न र लकडाउनले फुर्सदको उपयोग गरी तयारी अवस्थामा बस्दा उचित ठानेका हौं ।’
स्थानीय लकडाउनले गाउँपालिका भित्र नयाँ मान्छे नभित्रिएको, सवै विद्यालयमा प्राय: शिक्षक स्थानीय रहेको, कुनै ठूला आयोजना/प्रोजेक्ट नभएकोले नयाँ ब्यक्ति भित्रने संभावना समेत नभएको भन्दै गाउँपालिकाले विद्यालय भर्ना अभियानको औचित्य देखाएको छ ।
त्यसैगरी गाउँपालिकाले विद्यार्थी भर्ना हुन आउने विद्यार्थी/अभिभावकलाई पुराना पाठ्य पुस्तक अनिवार्य लिएर आउन उर्दी गरेको छ । वैशाख मै धौलागिरी जोड्ने सवै सडक अवरुद्ध भएको र वर्खायाममा झन समस्या हुने भएकोले तत्काल सवै विद्यार्थीको हातमा असोज यता नयाँ पुर्याउन असंभव देखिएकोले पुराना पाठ्यपुस्तक संकलन गर्न खोजेको पनि गाउँपालिकाले जनाएको छ ।
कोरना भाईरस संक्रमण नियन्त्रण तथा रोकथाम गर्न जेठ ५ गतेसम्मकालागी लागु गरिएको लकडाउन वेवास्ता गरेको भन्दै केही शिक्षकले भने असहमति जनाएको पनि गाउँपालिकाले बताएको छ । तर गाउँपालिकाले भने माध्यामिक तह स्थानीय तहको क्षेत्राधिकार रहेको प्रष्ट पार्दै संभव भएका शिक्षकहरु आलो–पालो मिलाएर विद्यालयमा उपस्थित भै काममा जुट्न भनेको छ ।
‘शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले लकडाउनका समयमा सवै विद्यालय अर्को सुचना नहुँदासम्म बन्द गर्न निर्देशन गरेको छ । हामीले यो निर्देशन सवै स्थानिय तहलाई जानकारी गराएका छौं । धौलागिरी गापालाई पनि सम्बन्धीत शाखा प्रमुखलाई फोनबाट समेत जानकारी गराएका छौं’ जिल्ला शिक्षा तथा समवन्य
य प्रमुख दलबहादुर थापाले भने, ‘स्थानीय तह मातहत रहेका विद्यालयमा भर्ना अभियान रोक्नेगरी हस्तक्षेप गर्ने क्षेत्राधिकार हामीमा छैन । संघिय मन्त्रालयको सूचना पुर्याएका छौं ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
