- Loading...
धौलागिरी गाउँपालिकाका यातायात र संञ्चार सेवाबाट विच्छेद
- पुनहिल डट कम
- ४ साल अघि
- ३२८ पटक पढिएको

शनिवार राती परेको भिषण वषापछि आएको बाढीले धौलागिरी गाउँपालिकाका सवै सडक ट्रयाकमा क्षति पुर्याएपछि यातायात सम्पर्कबाट पूर्ण विच्छेद भएको छ । गाउँपालिका प्रवेश विन्दुमा रहेको बाटिकाको भीरमै बाढीले सडकमा ठूला खोल्सा बनाएकोले तत्काल सवारी छिर्न नै समस्या भएको हो ।
त्यसैगरी धौलागिरी गाउँपालिकामा संञ्चार सेवा पुर्याउँदै आएको नेपाल टेलिकमको मोवाईल टावरमा शनिवार राती परेको चट्याङ्गबाट जलेपछि संञ्चार सम्पर्क पनि विच्छेद भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताईन । चट्याङले टेलिकमको टावर नै ध्वस्त पारेपछि गाउँपालिकामा जोडेको इन्टरनेट, मोवाईल सेवा पुर्ण रुपमा बन्द भएको छ ।
‘बाढीले सडक बगायो, चट्याङ्ले मोवाईट टावर खायो । धौलागिरीवासी सडक र संञ्चारबाट विच्छेद मात्र भएका छैनन, असिनाले बालीनाली नष्ट गरेपछि रित्तो भकारी हेरेर चित्त बुझाएका छन’ गापा अध्यक्ष पुनले भनिन्, ‘टेलिकमको बेनी स्थित कार्यालयले मोवाईलको ४ जी सेवा संञ्चालन गर्न भैरहवाबाट उपकरण र प्राविधिक झिकाउनु पर्छ भनेको थियो, हामीले बाहिरबाट मान्छे नलेउ भनियो ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
