FLASH NEWS
  • Loading...

स्टार्टअप सुरुआती पुँजी अनुदानका लागि प्रस्ताव आह्वान, रु. ५ लाखदेखि ५० लाखसम्म पाइने

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २०९ पटक पढिएको
स्टार्टअप सुरुआती पुँजी अनुदानका लागि प्रस्ताव आह्वान, रु. ५ लाखदेखि ५० लाखसम्म पाइने

सरकारले नवप्रवर्तन (स्टार्टअप) सुरुआती पुँजी अनुदान प्रदान गर्ने भएको छ।
राष्ट्रिय योजना आयोगले सोमबार सूचना प्रकाशित गर्दै नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमी, व्यवसायी व्यक्ति तथा संस्थालाई त्यस्ता उद्यम तथा व्यवसाय सञ्चालनका लागि सुरुआती पुँजी अनुदान प्रदान गर्ने भन्दै प्रस्ताव आह्वान गरेको हो। प्रस्ताव यो सूचना पेस भएको ३० दिनभित्र पेस गर्नुपर्नेछ।
प्राप्ति प्रस्तावमाथि मूल्यांकन र छानबिन गरी त्यस्ता स्टार्टअप छनोट गरिने आयोगले जनाएको छ। आयोगका अनुसार ती छनोट भएका स्टार्टअपहरुले न्यूनतम १० लाखदेखि १ करोड रुपैयाँसम्मको परियोजनाको कुल लागतको ५० प्रतिशतसम्म अनुदान पाउनेछन्। जसअनुसार नयाँ स्टार्टअपहरुका लागि सरकारले ५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म सुरआती पुँजी अनुदान उपलब्ध गराउनेछ।
चालु आर्थिक वर्षको बजेटमा उल्लिखित भएअनुसार यस्ता स्टार्टअपहरुका उद्यमलाई यो अनुदान उपलब्ध गराउन लागिएको आयोगले जनाएको छ। चालु आर्थिक वर्षको बजेटले स्वरोजगारी सिर्जना तथा सीप, उद्यमशीलताको विकास गर्न बीउ पुँजी उपलब्ध गराउने घोषणा गरेको थियो।
स्टार्टअपहरुले कार्यको प्रस्तावसम्बन्धी सर्त तथा अन्य आवश्यक कागजात र विवरण आयोगको वेबसाइटमा गई कार्यविधि र मापदण्ड डाउनलोड गर्न सक्नेछन्। यो अनुदान प्राप्तिका लागि उनीहरुले आफ्नो प्रस्ताव अनलाइन प्रणालीमार्फत पठाउनुपर्नेछ।
यसका लागि startup.npc.gov.np मा गई रजिस्टर गरी युजरनेम र पासवर्ड बनाउनुपर्नेछ। त्यसपछि आफ्नो ई–मेलमा आएको लिंकमा क्लिक गरी युजरनेम र पासवर्ड एक्टिभ गर्नुपर्नेछ। अनि startup.npc.gov.np मा लगइन गरी आवेदन फाराम भरेर प्रस्ताव पेस गर्न सक्नेछन्। bizshala

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल