FLASH NEWS
  • Loading...

म्याग्दीमा थप दुई जनामा डेंगु संक्रमण भेटियो, संक्रमतिको संख्या ९ पुग्यो

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १२४ पटक पढिएको
म्याग्दीमा थप दुई जनामा डेंगु संक्रमण भेटियो, संक्रमतिको संख्या ९ पुग्यो

कोरना भाईरस (कोभिड–१९) संक्रमणको त्रासका विच म्याग्दीका विभिन्न वस्तीमा डेंगु भाईरसको संक्रमण थप फैलिएको देखिएको छ ।
बेनी अस्पतालमा उपचार गराऊन आएका विरामी मध्य विहिवार र शुक्रवार लगातार २–२ जनामा डेंगु संत्रमण भेटिएको छ । बेनी अस्पतालका अनुसार वैशाखमा माक्र डेंगु संत्रमितको संख्या ९ पुगेको छ ।
शुक्रवार बेनी नगरपालिका–५ का २५ बर्षिय पुरुष र बेनी नगरपालिका, ६ का २० बर्षिय पुरुषमा डेंगु संक्रमण भेटिएको हो । संक्रमितको घरको भौगोलिक विभाजनमा वडा फरक परेपछि वस्ती एउटै हो । विहिवार पनि बेनी नगरपलिका, ७ मंगलाघाटका २८ बर्षिय पुरुष र मंगला गापा, १ भरजुलाका युवामा डेंगु भेटिएको थियो ।
त्यसैगरी बेनी अस्पतालमा उपचार गर्न आएका बेनी नगरपालिका, ५ भीरमुनीका एक महिलामा वैखाख २१ गते,  बेनी नपा, ९ तारीपानीका पुरुषलाई बैशाख १८ गते, बेनी नगरपालिका, ६ छापाकी एक महिलामा वैशाख १९ गते डेंगु भाईरस संक्रमण भेटिएको थियो । यस अघि वैशाख ९ गते मंगला गाउँपालिका, ५ सिर्कुमका एक युवामा डेंगु भाईरस संक्रमण पोजेटिभ भेटिएको थियो । गत माघ २ गते हिउँदको चिसोमा पनि बेनी नपा, ७ की एक महिलामा पनि डेंगु भेटिएका थियो ।
गर्मी सिजन सुरु भएपनि लगातारको बर्षा भैरहेकोले गर्मी भने बढेको छैन । तर लामखुट्टे लाग्न थालेको छ । र एडिस जातको लामखुट्टेको टोकाईबाट फैलिने डेंगु भाईरस पनि फैलिन थालेको भेटिएको हो । बेनी अस्पतालले अभिलेख अनुसार डेंगु परिक्षण सुरु गरेको ०७६ भदौ यता माक्र जिल्लामा १४ जनामा डेंगु संत्रमण फेला परेको थियो ।
‘गर्मी सिजन (मनसुन)सँगै डेंगु तिब्र गतिमा बढेको देखिएको छ । कोरना भाईरस संक्रमणको महामारी विच म्याग्दीका गाउँमा एकै महिनामा ५ जनामा डेंगु भाईरस पोजेटिभ भेटिनु राम्रो संकेत होईंन’  बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बास्ताकोटीले भने, ‘बेनीमा गाडीका टायरको असुरक्षित ब्यवस्थापन डेंगुको मुख्य चुनौति हो । यो डेंगुको सिजन हो । डेंगु र कोभिड–१९ रोगको लक्षण मिल्दो हुँदा आक्तिनु हुँदैन ।’
डेंगु र स्त्रब टाईफस एक विरामीबाट अन्यमा सजिलै संक्रमण हुने भएकोले लक डाउनका वेला थप सतर्कता अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन । वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता ड्गुंका मुख्य लक्ष्यण हुन ।