Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीका गाउँमा फैलदै डेंगु भाईरस

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १७६ पटक पढिएको
म्याग्दीका गाउँमा फैलदै डेंगु भाईरस

कोरना भाईरस (कोभिड–१९) संक्रमणको त्रासका विच म्याग्दीका विभिन्न वस्तीमा डेंगु भाईरसको संक्रमण देखिएको छ ।

पछिल्लो एक महिनामा मात्र जिल्लाका विभिन्न ग्रामिण वस्तीका ५ जनामा डेंगु भाईरस र १ जनामा स्क्रव टाईफस संक्रमण देखिएको छ । बेनी अस्पतालमा उपचार गर्न आएका बेनी नगरपालिका, ५ भीरमुनीका एक महिलामा वैखाख २१ गते,  बेनी नपा, ९ तारीपानीका पुरुषलाई बैशाख १८ गते, बेनी नगरपालिका, ६ छापाकी एक महिलामा वैशाख १९ गते डेंगु भाईरस संक्रमण भेटिएको थियो । यस अघि वैशाख ९ गते मंगला गाउँपालिका, ५ सिर्कुमका एक युवामा डेंगु भाईरस संक्रमण पोजेटिभ भेटिएको थियो । गत माघ २ गते हिउँदको चिसोमा पनि बेनी नपा, ७ की एक महिलामा पनि डेंगु भेटिएका थियो ।

गर्मी सिजन सुरु भएपनि लगातारको बर्षा भैरहेकोले गर्मी भने बढेको छैन । तर लामखुट्टे लाग्न थालेको छ । र एडिस जातको लामखुट्टेको टोकाईबाट फैलिने डेंगु भाईरस पनि फैलिन थालेको भेटिएको हो । बेनी अस्पतालले अभिलेख अनुसार डेंगु परिक्षण सुरु गरेको ०७६ भदौ यता माक्र जिल्लामा १४ जनामा डेंगु संत्रमण फेला परेको थियो ।

‘गर्मी सिजन (मनसुन)सँगै डेंगु तिब्र गतिमा बढेको देखिएको छ । कोरना भाईरस संक्रमणको महामारी विच म्याग्दीका गाउँमा एकै महिनामा ५ जनामा डेंगु भाईरस पोजेटिभ भेटिनु राम्रो संकेत होईंन’  बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. नवराज बास्ताकोटीले भने, ‘बेनीमा गाडीका टायरको असुरक्षित ब्यवस्थापन डेंगुको मुख्य चुनौति हो । यो डेंगुको सिजन हो । डेंगु र कोभिड–१९ रोगको लक्षण मिल्दो हुँदा आक्तिनु हुँदैन ।’

डेंगु र स्त्रब टाईफस एक विरामीबाट अन्यमा सजिलै संक्रमण हुने भएकोले लक डाउनका वेला थप सतर्कता अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन । वेस्सरी टाउको दुख्ने, धेरै ज्वारो आउने र शरिर दुख्ने जस्ता ड्गुंका मुख्य लक्ष्यण हुन ।

के हुन् डेंगीका संकेत ?

ज्वरो
डेंगीको पहिलो लक्षण अचानक उच्च ज्वरो आउनु हो। डेंगी ज्वरो आउँदा चिसो भएको महसुस हुन्छ। साथै अधिक थकान पनि महशुस हुन्छ। प्रारम्भिक ज्वरो लगभग १०० देखि १०२ डिग्री फरेन्हाइटसम्म पुग्‍न सक्छ।

आँखाभित्र दुखाइ
डेंगीको एक विशिष्‍ट लक्षण भनेको ज्वरोका साथै आँखा दुख्‍नु पनि हो। ज्वरोसँगै आँखाहरूमा निरन्तर दुखाइ हुनु डेंगीको निश्चित संकेत हो।

टाउको दुखाइ
ज्वरो आउने, आँखाभित्र दुख्‍ने साथै डेंगी हुँदा टाउको पनि दुख्छ। साथै मांसपेशी वा हाडजोर्नीमा पनि दुखाइ हुनसक्छ।

छालामा डाबर आउनु
डेंगीका डाबरहरू मुल रूपमा सपाट र रातो देखिन्छ। ज्वरो आउन थालेको २-३ दिनभित्र यस्ता डाबर देखिन थाल्छन्। यी डाबर चिलाउँछन्।

वाकवाकी लाग्‍नु
डेंगीको अर्को लक्षण वाकवाकी लाग्‍ने हो। पेट दुखाइको साथमा उल्टी पनि आउन सक्छ। यदि यस्तो हुन्छ भने यो डेंगी चरम अवस्थामा पुगेको हुन सक्छ।

यस्ता लक्षण देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा जानुपर्छ। डेंगी लागेपछि शरीरमा प्लेटलेट्सको मात्रा कम हुने भएकाले प्रशस्त रगतको खाँचो पर्छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल