Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

बेलायती प्रधानमन्त्री भन्छन् : मलाई मृत घोषित गर्ने तयारी भएको थियो

  • पुनहिल डट कम
  • ५ साल अघि
  • २११ पटक पढिएको
बेलायती प्रधानमन्त्री भन्छन् : मलाई मृत घोषित गर्ने तयारी भएको थियो

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरससँग आफ्नो संघर्षको कथा सार्वजनिक गरेका छन्।
बेलायतको प्रतिष्ठित पत्रिका द सनलाई दिएको एक अन्तर्वार्तामा उनले आफूलाई चिकित्सकहरुले कयौँ लिटर अक्सिजन दिएर बचाएको खुलासा गरेका छन्।
‘अस्पतालको सघन उपचार कक्ष (आइसीयु) मा रहँदा मलाई जीवित राख्‍नका लागि डाक्टरहरुले कयौँ लिटर अक्सिजन दिएका थिए’, उनले भनेका छन्, ‘अहिले मलाई नै विश्‍वास लाग्दैन मेरो हालत त्यति खराब थियो, म मृत्युको मुखमा पुगिसकेको थिएँ।’
कोरोनासँग जुध्‍ने क्रममा आफ्नो अवस्था केही दिनलाई अत्यन्तै नाजुक भएको उनले सम्झिएका छन्। ‘जब म आइसीयु मा थिएँ तब मेरो गम्भीर स्वास्थ्य स्थिति देखेर डाक्टरहरुले मलाई मृत घोषित गर्ने तयारी पनि गरिसकेका थिए’, उनले अन्तर्वार्तामा भनेका छन्, ‘डाक्टरहरुले मेरो धेरै ख्याल गरे, स्याहार गरेर मलाई बचाए।’
कोरोना भाइरसबाट सङ्क्रमित भई उपचारपछि निको भएका उनी गत सोमबारदेखि नियमित काममा फर्किसकेका छन्। लण्डनस्थित सेन्ट थमस अस्पतालमा उपचार गराएर ठिक भएपछि उनले काम थालेका हुन्।  प्रधानमन्त्री जोन्सनले यसअघि अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताएका थिए। त्यसपछि एक हप्ता सामान्य शैय्या‍मा बसेका थिए। सघन कक्षबाट बाहिरिएपछि उनले  विभिन्‍न माध्यमबाट अतिआवश्यक पर्ने व्यक्तिलाई भेट्ने, कुराकानी गर्ने गरेका थिए।
प्रधानमन्त्री अस्वस्थ भएर अस्पतालमा रहेका बेला उनको अनुपस्थितिमा अधिकांश काम विदेशमन्त्री डोमिनिक रावले गर्दै आएका थिए। कोरोनाभाइरसको सङ्क्रमणबाट अति प्रभावित मुलुकमा पर्ने बेलायतमा कोरोना भाइरसका कारण अहिलेसम्म २८ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

एजेन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल