FLASH NEWS
  • Loading...

राष्ट्रपतिद्वारा संघीय संसद्को बजेट अधिवेशन आह्वान

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३९ पटक पढिएको
राष्ट्रपतिद्वारा संघीय संसद्को बजेट अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बजेट अधिवेशन आह्वान गरेकी छन्।
उनले आउँदो २६ वैशाख दिउँसो ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी छन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अुनसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।
आज बसेको मन्त्रीपरिषद बैठकले २६ वैशाखमा संघीय संसदरको बर्खे अधिवेशन अर्थात बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।