- Loading...
शिखकिन्दुमा सडक सरर
- पुनहिल डट कम
- ४ साल अघि
- १२७ पटक पढिएको

विश्वभर स्वास्थ्य महामारीको रुपमा फैलिएको कोरना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले लगाएको लकडाउन (बन्दाबन्दी)कै समयमा अन्नपूर्ण गाउँपालिका, ५ शिख–किन्दुवासीले सामुदायीक अग्रसरतामा २ दशमलव ५ किलोमिटर लामो सडक निर्माण गरेका छन ।
गाउँपालिकाको ८ लाख २५ हजार बजेटमा सोही वडाको तल्लो शिखवस्तीबाट ४ लाख, शिखदेउराली वस्तीबाट ५० हजार, पाउद्वार वस्तीबाट १ लाख, किन्दु वस्तीबाट ५० हजार नगद सहयोग र उपभोक्ता समितिबाट १ लाख ४७ हजारबराबरको श्रमदान गरी ४ दशमलव ५ मिटर चौडा २ दशमलव ५ किलोमिटर लामो सडक निर्माण गरेका हुन । सडक खन्न गाउँपालिकाको अनुदान, चन्दा तथा श्रमदानसमेत १५ लाख ७१ हजार ८ सय ७० रुपैयाँ खर्च भएको सडक निर्माण समितिले जनाएको छ ।
‘गाउँमै उपलब्ध डोजर तथा श्रमिक प्रयोग गरी सडक निर्माण गरेका छौं । कुनाको वस्ती किन्दुमा पनि अव सडक पुगेको छ’ किन्दुका स्थानीय ज्ञान शेरपुजाले भने, ‘राज्यले थोरै बजेट दिँदा समुदायले धेरै लगानी थपेको छ । सडकले जोडिएपछि किन्दुवस्तीमा उत्पादित आलु समेतको तरकारीले बजार पाउने छ ।’
सडकले जोडिएपछि अन्नपूर्ण गाउँपालिका, ५ किन्दु, गिरवाङ र झारवाङ्गका १ सय ३० घरपरिवारका ५ सय जनसंख्या प्रत्यक्ष लाभान्वीत भएको छ ।
फोटो सौजन्य ः ज्ञान शेरपुजा

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
