FLASH NEWS
  • Loading...

धौलागिरी गाउँपालिकाका यातायात र संञ्चार सेवाबाट विच्छेद

  • पुनहिल डट कम
  • ४ साल अघि
  • २७२ पटक पढिएको
धौलागिरी गाउँपालिकाका यातायात र संञ्चार सेवाबाट विच्छेद

शनिवार राती परेको भिषण वषापछि आएको बाढीले धौलागिरी गाउँपालिकाका सवै सडक ट्रयाकमा क्षति पुर्‍याएपछि यातायात सम्पर्कबाट पूर्ण विच्छेद भएको छ । गाउँपालिका प्रवेश विन्दुमा रहेको बाटिकाको भीरमै बाढीले सडकमा ठूला खोल्सा बनाएकोले तत्काल सवारी छिर्न नै समस्या भएको हो ।
त्यसैगरी धौलागिरी गाउँपालिकामा संञ्चार सेवा पुर्‍याउँदै आएको नेपाल टेलिकमको मोवाईल टावरमा शनिवार राती परेको चट्याङ्गबाट जलेपछि संञ्चार सम्पर्क पनि विच्छेद भएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताईन । चट्याङले टेलिकमको टावर नै ध्वस्त पारेपछि गाउँपालिकामा जोडेको इन्टरनेट, मोवाईल सेवा पुर्ण रुपमा बन्द भएको छ ।
‘बाढीले सडक बगायो, चट्याङ्ले मोवाईट टावर खायो । धौलागिरीवासी सडक र संञ्चारबाट विच्छेद मात्र भएका छैनन, असिनाले बालीनाली नष्ट गरेपछि रित्तो भकारी हेरेर चित्त बुझाएका छन’ गापा अध्यक्ष पुनले भनिन्, ‘टेलिकमको बेनी स्थित कार्यालयले मोवाईलको ४ जी सेवा संञ्चालन गर्न भैरहवाबाट उपकरण र प्राविधिक झिकाउनु पर्छ भनेको थियो, हामीले बाहिरबाट मान्छे नलेउ भनियो ।’