FLASH NEWS
  • Loading...

दाना आयुर्वेद औषधालयको भवनमा आगोलागी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १११ पटक पढिएको
दाना आयुर्वेद औषधालयको भवनमा आगोलागी

म्याग्दीको अन्नपूर्ण गाउपालिका–३ मा रहेको दाना आयुर्वेद औषधालयको भवनमा आज बिहान आगोलागी भएको छ ।

आगोलागीबाट तीन कोठे भवन जलेर ध्वस्त भएको हो । एक तले भवनको पर्खाल समेत भत्किएको स्थानीयबासी इन्द्रसिंह शेरचनले बताए । स्थानीयबासीहरुले आगोलागी नियन्त्रणमा लिएका थिए । जिर्ण र भत्कने अवस्थामा पुगेको भवन केही वर्षदेखि प्रयोगमा थिएन् ।

सोही जिर्ण भवन मर्मत र कम्पाउण्ड पर्खाल निर्माणमा अनियमिततामा भएपछि संलग्नलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा यही जेठ ८ गते मुद्दा दायर भएको थियो । औषधालय भने केही वर्षयता दाना स्थित भाडाको घरबाट सञ्चालन गरिदै आएको थियो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका तत्कालीन निमित्त प्रमुख रमेश शर्मा भुषाल, दुई जना इञ्जिनियर र दुई जना निर्माण ब्यवसायी विरुद्ध मुद्दा चलाएको केही दिनमै भवनमा आगोलागी हुनमा शंका उब्जिएको छ । भुषाल सहित भवन निर्माण विभाग डिभिजन कार्यालय, बागलुङ्गका तत्कालीन डिभिजन प्रमुख तेजेन्द्र शर्मा पौडेल र इन्जिनियर सुदिप खड्का, शुभकामना निर्माण सेवाको सञ्चालक सरिता सुवेदी र अधिकारनामा लिई निर्माण कार्यमा संलग्न रघुनाथ शर्मा विरुद्ध मुद्दा दायर भएको थियो ।

फोटो श्रोत ः इन्द्रसिं शेरचनको फेसवुकवालबाट