FLASH NEWS
  • Loading...

चौरजहारी घटनाका दोषीलाई कडा कारबाही गर्न ज्ञापनपत्र

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ८५ पटक पढिएको
चौरजहारी घटनाका दोषीलाई कडा कारबाही गर्न ज्ञापनपत्र

दलित अधिकारकर्मीहरुले दोषलाई कडा कारवाहीको माग गर्दै विहिवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा वलीलाई ज्ञापनपत्र पठाएका छन ।
गत जेठ १० गते रुकुम चौरजहारी नगरपालिका ८ सोती निवासी सुष्मा मल्ल सँग नवराज विकको अन्तरजातिय प्रेम सम्बन्धका कारण स्थानीय गाउँलेहरुको कुटाईबाट जाजरकोट भेरी नगरपालिका १४ रानागाउँका नवराज विक,गणेश बुढा र चौरजहारी १ का टिकाराम सुनार समेत ५ जनाको मृत्यु भएको छ । एक जना भेरी नदीमा वेपत्ता छन ।
घटनाका दोषीलाई कडा कारवाही गर्न म्याग्दीका १४ वटा दलित अधिकारबादी संघसंस्थाहरुले माग गरेका छन् । अन्तरजातिय प्रेम सम्बन्धका कारण जेठ १० गते घटेको विभत्स घटनाका दोषीहरुलाई कडा कारवाहीको गर्नुपर्ने उनीहरुले माग गरेका हुन । घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउने र आगमी दिनमा यस्ता घटनाहरु घटन नदिन सरकारले कडा कदम चाल्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
दलित अधिकारकर्मीहरु संगमचोकबाट विभिन्न नाराहरु लेखिएका प्लेकार्ड सहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउनेमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक पदम किसान,समाजवादी दलित मुक्ति महासंघका केन्द्रिय सदस्य याम किसान,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष बालकुमार विश्वकर्मा,दलित विकास समितिको सहसंयोजक मनकुमारी विकरहेका छन ।