- Loading...
मौसममा सुधार आउन केही दिन लाग्ने
- पुनहिल डट कम
- ४ साल अघि
- १३६ पटक पढिएको

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायुको प्रभाव कायमै रहेको र प्री-मनसुनी गतिविधि सक्रिय भएकाले बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ।
अङ्ग्रेजी महीना मार्च, अप्रिल र मेसम्म तीन महीना प्री-मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ। अहिले प्री-मनसुनका साथै पश्चिमी वायुको प्रभाव रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्को भनाइ रहेको छ।
मौसमविद्का अनुसार नेपालको पश्चिमी भूभागबाट पश्चिमी वायु विकसित हुने क्रममै रहेकाले देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने छ। आज बिहान केही समय मौसम खुले पनि अपराह्नपछि देशभर बदली भई वर्षाको सम्भावना रहेको बताइएको छ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा रहेको पश्चिमी वायु अझै सक्रिय हुने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो। हाल देशको पहाडी भूभागमा सामान्य र तराई भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ।
भोलि देशका मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ। यसका साथै भोलि पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम १७ दशमलव ६ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
