- Loading...
को हुन् तब्लिगी जमात ?
- पुनहिल डट कम
- ४ साल अघि
- ३४१ पटक पढिएको

तब्लिगी जमातमा हिँड्नेहरु इरादामा बढी विश्वास गर्छन्। अर्थात् उनीहरुको सोच हुन्छ– जो कोहीले जुनसुकै उद्देश्यका लागि इरादा गरोस्। मूलतः इरादाले उपलब्धि हात लाग्छ भन्ने शतप्रतिशत विश्वास हुन्छ जमातीमा। त्यसैले नयाँ व्यक्ति भेट्न बित्तिकै उनीहरुको प्रस्ताव हुन्छ– अल्लाहका लागि यात्राको इरादा गर।
तब्लिगी जमातको इतिहास
तब्लिगी जमातको स्थापना सन् १९२६ मा भएको हो। सामान्यतया तब्लिकको अर्थ धर्मको प्रचार हो भने जमातको अर्थ समूह। यसको स्थापना भारतको हालको दिल्ली नजिकै भएको मानिन्छ। तब्लिगी जमातका संस्थापक हुन् मौलाना मोहम्मद इलियास। उनी भारतीय नागरिक हुन्। तब्लिगी जमातको पहिलो सम्मेलन सन् १९४१ मा भारतमै भएको थियो। भारतबाट पाकिस्तान, बंगलादेश, अफगानिस्तानलगायतका दक्षिण एसियाली मुलुक हुँदै यो समूह एसिया, युरोप, अमेरिका र अफ्रिकी मुलुकहरुमा पुगेको हो। अहिले विश्वका करिब १५० देशमा यो समूह छ।
नेपालमा पनि यो समूह करिब ६० को दशकदेखि सक्रिय छ। यो विशुद्ध आस्थावानहरुको समूह हो। इस्लाम भित्रकै एउटा समूह हो जो इस्लामका तौर–तरिकालाई स्थापित गर्न तल्लिन छ। तब्लिगी जमातले हरेक वर्ष ठूला सम्मेलन आयोजना गर्छन्, जसलाई भनिन्छ इज्तिमा।
यसपटक नेपालको सप्तरी, बोदेबर्साइन गाउँपालिकाकाको जाँजरमा पनि यस्तो सम्मेलन भएको थियो फागुन पहिलो साता। उक्त सम्मेलनमा पाकिस्तान, मलेसिया, इण्डोनेशिया, सिंगापुर, थाइल्याण्ड, भारतलगायतका मुलुकबाट तब्लिगी जमात सहभागी थिए। नेपालबाट पनि धेरै जिल्लाका मुसलमान सहभागी थिए। यस्तो सम्मेलनमा पनि इस्लामका आस्था र उसका तौर तरिकाबारे बहस हुन्छ।
उद्देश्य के हो?
तब्लिगी जमातको प्रमुख उद्देश्य इस्लाम धर्मालम्बीहरुबीच इस्लामको सही शिक्षा विस्तार र आस्थालाई पुनर्जीवन गर्नु हो। जो जन्मजात मुसलमान छन् वा जसले इस्लाम कबुल गरेको छ, उनीहरुलाई इस्लामका तौरतरिका अलवम्बन गराउनु उनीहरुको ध्येय हुन्छ। उनीहरुको चाहना हुन्छ, सबै मुसलमानले इस्लामिक विधिअनुसार जीवनयापन गरुन्। इस्लामका प्रवर्तक मोहम्मदकै बाटो अबलम्बन गरुन् ।
तब्लिगी जमातले घर छाडेर टाढा टाढासम्म यात्रा गर्छन्। त्यस्तो यात्रामा ३ वा ५ जनादेखि माथिको समूह हुन्छ। उनीहरु ३ दिन, ४० दिन, ४ महिना, ७ महिना र एक वर्षको यात्रा तय गर्छन्। तोकिएका दिन पूरा गर्नुलाई ‘चिल्ला’ पूरा गर्नु भनिन्छ। त्यस्तो यात्रामा सबै खर्च स्वयंले बेहोर्छन्। उनीहरुले यात्रा सुरु गरेपछि समाजमा भइरहेका गतिविधि (राजनीति, मनोरन्जन, झैझगडालगायत) लाई चटक्कै भुलेर विशुद्ध इस्लामिक चर्यामा समय व्यतित गर्ने कसम खाएका हुन्छन्।
तोकिएको दिन पूरा नहुन्जेलसम्म उनीहरुको बाहिरी दुनियाँसँग कुनै मतलब र सम्बन्ध हुँदैन। खानेकुरा किन्न, औषधोपचार र इस्लामिक उपदेश सुन्नका लागि घरघरमा बोलावट (दावत) का लागि मात्र मस्जिदबाट बाहिरिन्छन्।
कहाँबाट आउँछन्?
नेपालमा धेरैजसो तब्लिगी जमात पाकिस्तानबाट आउँछन्। पाकिस्तानमा तब्लिगी जमातप्रति आस्था राख्नेहरुको समूह ठूलो छ। त्यहाँबाट युवादेखि वृद्धसम्मै तब्लीगमा हिँड्ने प्रचलन छ। भारत, बंगलादेश, इण्डोनेसिया, मलेसिया, सिंगापुर, थाइल्याण्डलगायतका देशबाट पनि तब्लिगी जमात नेपाल आउँछन्।
निर्धारित यात्रा अवधिभर कुनै निश्चित मस्जिदमा मात्र उनीहरुको बसोबास हुँदैन। सकेसम्म धेरैवटा मस्जिदमा गएर इस्लामिक उपदेश छर्ने ध्येय हुन्छ। समाजका अरु व्यक्तिहरुलाई पनि आफूजस्तै यात्रामा सामेल हुन अभिप्रेरित गराउने उनीहरुको अर्को उद्देश्य हुन्छ। नेपालका तराइदेखि मध्यपहाड हुँदै हिमाली जिल्लामासमेत तब्लिगी जमात पुग्ने गरेको देखिन्छ। कुन् ठाउँमा जाने र कहाँ नजाने भन्ने कुनै लिखित व्यवस्था छैन। मुसलमानहरुको एकाध घर भएका बस्तीमा पनि उनीहरु पुग्ने गरेका छन्।
धेरैभन्दा धेरै मान्छेले उपदेश सुनुन् भन्नेमात्र होइन, धेरैले तब्लिग यात्राका लागि समय निकालोस् भन्ने पनि तब्लिगी जमातहरुको आकांक्षा हुन्छ। निश्चित विषयवस्तुमा मात्र एकोहोरो केन्द्रित भइराख्ने भएकाले तब्लिगीहरुले कतिपय देशमा ‘धार्मिक भेडा’को संज्ञा पनि पाएका छन्।
कोरना भाईरस संक्रमणको संख्या बढेसँगै नेपाली समाजमा तब्लगिी जमातको चर्चा/परिचर्चा चुलिएको छ । जमातबारे पत्रकार अब्दुल्लाह मियाँले लेखेको लेख हामीले कान्तिपुरबाट साभार गरेका हौं ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
