आज:  | Sat, 02, Jul, 2022

तीन दिन हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने

९ बैशाख २०७७, मंगलवार ०९:२८ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
सोमबार रातिदेखि देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले केही ठाउँमा हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा मौसमी प्रणाली अलि धेरै सक्रिय रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।स्थानीय वायु र पश्विमी वायुको प्रभाव रहेकाले अहिले मुलुकका अधिकांश स्थानमा सामान्य बदली रही मेघ गर्जन, चट्याङ/हावाहुरीसहित वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।आगामी तीन दिनको मौसम पूर्वानुमानवैशाख ९ गते (मंगलबार)दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।राति : देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जन/ चट्याङ/ असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।वैशाख १० गते (बुधबार)दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। अपरान्हपश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।राति : देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।वैशाख ११ गते (बिहीबार)दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू-भागका थेरै केही स्थानहरुमा मेघगर्जन/ चट्याङ / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।राति : देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू-भागका थेरै केही स्थानहरुमा मेघगर्जन/ चट्याङ / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।