आज:  | Fri, 01, Jul, 2022

उदयपुरमा एकैदिन ९ जना संक्रमित थपिए, संक्रमितको संख्या ४० पुग्यो

९ बैशाख २०७७, मंगलवार १९:०१ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढेर २३ पुगेको छ।त्यहाँको एक मस्जिदमा रहेका एक दर्जनभन्दा बढी मानिसमा यसअघि नै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। एकजनाको सङ्क्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् मङ्गलवार दिउँसो गरिएको थियो।साँझ थप ९ जनामा पनि सङ्क्रमण पाइएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बीबीसीलाई जानकारी दिएका छन्। योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ।उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केबस्तीका आठजनाको धरानस्थित् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको छ। कोभिड १९ का बिरामी भेटिएपछि सिल गरिएको भुल्केबस्ती र आसपासको क्षेत्रमा दुई दिनअघिबाट नेपाली सेनाको चिकित्सक टोलीले थ्रोट स्वाब नमूना संकलन गरिरहेको छ।संक्रमितमध्ये कैलालीका दुई, काठमाडाैं र बागलुङमा गरेर पाँजना निको भएर घर फर्किसकेका छन्।