आज:  | Sat, 25, Jun, 2022

कोरोना अपडेट : संक्रमित संख्या २२ लाख ४३ हजार, मृत्यु १ लाख ५४ हजार

६ बैशाख २०७७, शनिबार १३:५४ मा प्रकाशित (2 बर्ष अघि)
पुनहिल संवाददाता
महामारीको रुप लिएको कोरोना भाइरसबाट विश्वभर २२ लाख ४३ हजार बढी मानिस संक्रमित भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २२ लाख ४३ हजार पाँच सय १२ पुगेको छ । कोरोनाबाट संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु दर पनि बढी रहेको छ । विश्वभर शनिबार बिहानसम्ममा १ लाख ५४ हजार २ सय ९ जनाको मृत्यु भएको छ । पछिल्लो केही हप्ता यतादेखि कोरोनाको इपि सेन्टर बनेको अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । यस्तै, संक्रमितको संख्या पनि ७ लाख एक हजार ४ सय बढी पुगेको छ । कोरोनाबाट प्रभावित युरोपेली मुलुक इटालीमा २२ हजार ७ सय ४५ जनाको ज्यान गएको छ भने संक्रमित संख्या १ लाख ७२ हजार नाघेको छ । यसैगरी, स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ । त्यहाँ १ लाख ९० हजार ८ सय बढी संक्रमित भएका छन् । यस्तै, फ्रान्समा १८ हजार ७ सय जनाको ज्यान गएको छ भने १ लाख ४९ हजार बढी संक्रमित भएका छन् । जर्मनीमा ४ हजार ३ सय ५२ को मृत्यु हुँदा बेलायतमा १४ हजार ६ सय जनाको ज्यान गएको छ । कोरोना रोकथाममा सफलता पाउँदै गएको चीनमा भने ४ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ । भारतमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढी रहेको छ । भारतमा हालसम्म ४ सय ८६ जनाको मृत्यु भएको छ भने १४ हजार ३ सय बढी मानिसमा संक्रमण देखिएको छ ।