- Loading...
बेनी अस्पतालमा ज्वरोका औषत बढी विरामी
- पुनहिल डट कम
- ५ साल अघि
- २५४ पटक पढिएको

बेनी जिल्ला अस्पतालमा रहेको फिवर क्लिनिकमा चैत ११ देखी वैशाख ३ गतेसम्म एक सय ६५ जना ज्वोरोका विरामीको उपचार भएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरना भाईरस (कोभिड–१९)को नागरिकलाई संक्रमणबाट जोगाउन सरकारले दशभर ‘लक डाउन’ गरेपछि बेनी अस्पतालमा ओपिडी सेवा बन्दगरी फिवर क्लिनिक संञ्चालन गरेयता दैनिक सरदर ५ जना ज्वरोका विरामी उपचारका लागी आएका छन । यातायात बन्द भै विरामी अस्पताल आउन असहज परिस्थितीमा पनि यो संख्या औषतभन्दा बढी भएको अस्पतालले जनाएको छ ।
बेनी अस्पतालका सुचना अधिकारी प्रकाश शर्माका अनुसार फिवर चैत महिनामा ६२ महिला र ८८ जना पुरुष र वैशाख ३ गतेसम्म ९ महिला र ८ जना पुरुष ज्वरोको उपचार गर्न आएका छन । यी विरामी कोरना संक्रमणको आशंका नगरिएका हुन ।
बेनी अस्पतालमा ओपिडी सेवा वन्द गरिएपनि इमजेन्सीमा निमोनिया, चोटपटक लागेको, दम समेत दैनिक २५–३० जना विरामी आउने गरेका छन । गर्भवती जाँच गर्न दैनिक सरदर ४ जना आएका छन । अस्पतालमा दैनिक ३–५ जना गर्भवती सुत्केरी हुने गरेका छन ।
‘बेनी अस्पतालमा ओपिडी सेवा वन्द भनिएपनि गर्भवती परिक्षण, सुरक्षित सुत्केरी गराउने, इर्मजेन्सी र फिवर क्लिनिकमा औषत संख्याका विरामी आएका छन’ बेनी अस्पतालका डाक्टर डाक्टर नवराज वास्ताकोटीले भने, ‘लकडाउनले विरामी टाढाबाट सहज आउन सक्ने अवस्था नहुँदापनि फिवर क्लिनिकमा यति विरामीको संख्या धेरै नै हो । कोरना संक्रमति/लक्षण देखिएका विरामी राख्ने क्वारीन्टीन र आईसोलेसन अस्पताल बाहिर रहेकोले विरामीलाई अस्पताल आउन कुनै अप्ठ्यारो छैन, उपचारमा कुनै कमि हुन दिएका छैनौं ।’

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
